Posted by: Gautam B. January 22, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
दम्तरीहरुका कुरा सुन्न नपाएर छटपटिएको थिएँ, आज एकघण्टा लगाएर सप्पै सुने। यता हुँदी चलेको एउटा रमाइलो हल्ला छोडेर जाँदैछु। राजाका दासहरुको नया नाइके कमल थापाले आफ्ना भाडाका टट्टुहरुलाई अलिकति पैसा दिएर आफ्नै सम्मान कार्यक्रम गर्न लगायो। राजाका अरु दासहरुले कमल थापाको यथेष्ट प्रशंशा गरे।सबै कुरा ठिकै भईराखेको थियो, अचानक कमल थापा आफ्नै घाँटीतिर हेरेर भुत्भुताउन थाल्यो। ऊ रिसाएको देखेर, कार्यक्रमको 'भाडाको आयोजक' नजिक आएर सोध्यो; "के भो हजुर, किन रिसाइ'सेको?" "माला किन कम्? " कमल थापा कड्क्यो। "कहाँ कम हुनु हजुर? एघार वटा छन्।" "जान्ने हुन्छस् मु......?, मैले मालाको पसलमा बाह्रवटाको पैसा तिरेको हिजो !"
Read Full Discussion Thread for this article