Posted by: makar January 21, 2006
Ganatantra ko awaj dabuna nasake pachi curfew
Login in to Rate this Post:     0       ?        
\'सत्ताको हार भइसक्यो\' प्रहरी प्रशिक्षण केन्द्र महाराजगञ्जमा बन्दी राखिएका राजनैतिक र नागरिक समाजका अगुवाहरुले सरकारको केही दिन यताको क्रियाकलापले \'शाही सत्ता\' को अन्तिम दिन आएको दावी गरेका छन् ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले हिजोको कर्फ्यु आदेशलाई \'दिवालिया प्रवृत्तिको उपज\' भन्दै सरकार शान्तिपूर्ण नागरिकहरुको भेलाबाट पनि तर्सने अवस्था भएको बताए । पौडेलले भने, \"देश आज निर्णायक परिवर्तनको संघारमा उभिएको स्पष्ट भएको छ ।\" नागरिक समाजका अगुवा डा. देवेन्द्रराज पाण्डेको भनाइमा, \"कर्फ्यु जारी गरेर सरकारले नागरिकको सार्वभौम सम्पन्नताको उत्सवको लागि पुर्वाङ्गको तयारी दिएको हो ।\" ६ गते विहान ४ बजे ४०-५० जना सिपाही, प्रहरी तथा सादा पोशाकका सुरक्षाकर्मीद्वारा गिरफ्तार गरिएको बताउने नागरिक समाजका अर्का अगुवा डा. मथुराप्रसाद श्रेष्ठ भन्छन्, \"राजतन्त्रले खुट्टा तानिसकेको छ । यस्तो बेलामा उसको होस् हवास हुँदैन र जे पनि गर्न सक्छ । यसले लोकतन्त्र वहालीको लागि राम्रो अवसरको पनि संकेत गर्दछ ।\" श्रेष्ठलाई \'भ्रामक कुरा गरी र्सवसाधारणलाई उत्तेजित पारी सुरक्षामा खलल पुर्‍याएको\' भन्ने पुर्जी दिइएको छ । मानवअधिकारवादी कृष्ण पहाडीको भनाइ थियो, \"चारैतिरबाट असफल हुँदा पनि पार्टीहरुलाई काखमा राखेर गला रेट्ने षडयन्त्र अझै सत्ताले रच्दैछ भन्ने भान हुन्छ ।\" प्रहरी प्रशिक्षण केन्द्रमा बन्दी बनाएकाहरुलाई भेट्न गएका राजनीतिकशास्त्री प्रा. कृष्ण खनालले भने, \"हिजोको कर्फ्यु लगाउने कार्यलाई सत्ताले अब आफूसँग भएको सम्पूर्ण शक्ति प्रयोग गरेको अवस्था मान्नुपर्छ । राज्यले नागरिकलाई सुरक्षा दिनुको साटो खुलेआम दिनभरि कर्फ्यु लगाउनु भनेको उसको अब कुनै विकल्प नरहेको संकेत हो । आज जनताको आन्दोलन सफल भएको र सत्ताको हार भइसकेको छ, मात्र सत्ताको हार कसरी \'फर्मलाइज\' हुन्छ त्यो हेर्न बाँकी छ ।\" आज विहान अन्तै राखिएका नेताहरुलाई प्रहरी प्रशिक्षण केन्द्रमा स्थानान्तरण गरिएको थियो, जसमध्ये नरहरि आचार्य, एन पी सावद, तीर्थराम ढंगोल योगेश भट्टराई रामेश्वर फुयाल पनि थिए ।
Read Full Discussion Thread for this article