Posted by: shree5 January 21, 2006
Nepe's theory on corruption
Login in to Rate this Post:     0       ?        
कुरै कुरामा नेपे दाईलाई (+ अरु interested साथीहरुलाई पनि) मेरो एउटा प्रश्न नि, तपाईँ (१) गोबिन्द राज जोशी (२) मोदनाथ प्रश्रित (३) खुम बहादुर खड्का र (४) केशव स्थापित [ (५) मा बामदेव गौतम भनुँ झै लागेको थियो, लिस्ट नि निकै लामो हुने भयो र खुम बहादुर को नामले more-or-less बामदेवको characteristics नि सबै reflect गर्ने हुनाले बन्द गरेँ ।] मा को-को लाई भ्रष्टाचारी मान्नु हुन्छ ? र जो जो लाई मान्नु हुन्छ वा मान्नु हुन्न, के कति कारणले मान्नु हुन्छ वा मान्नु हुन्न त? (पत्र-पत्रिकामा आएका साथै ब्यक्तिगत साथै श्रुतिस्मृति सबै source लाई आधार मानौँ ) । मैले यी नाम किन लिएको भने (भ्रष्ट + आचार ) भने पछि अनैतिक पैसा सँगाल्ने मात्रै होईन, धूर्तता, पाखण्ड, जनतालाई ठग्ने र मूर्गा बनाउने खेल, शक्तिको खेल, बाँकी तिगडम (आफ्नो वा जनताको वा पार्टीको भलाईको लागि समर्पित) अनेक कुरा पर्छन र माथिका नामले, मेरो reading मा नि, नाम मात्रै होईन कि नेपालमा हावी भ्रष्ट प्रवृत्तिलाई जसोतसो aggregate गर्न मिल्छ होला, schools of corrupt thoughts भनुम् न त । अनि तिनीहरुको लागि सजाँय वा तपाईँले भने जस्तो amnesty समेत के के जाति प्रक्रियामा को को कहाँ कहाँ पर्छन? उत्तर आँशिक वा बिस्तारै दिनु भए पनि हुन्छ, नेपाली-अँग्रेजी जे मा भए पनि ।त्यसपछि मैले तपाईँको भ्रष्टाचार सम्बन्धी धारणामा आफ्नो धारणा बनाउँला । Keep rolling...
Read Full Discussion Thread for this article