Posted by: shree5 January 21, 2006
Nepe's theory on corruption
Login in to Rate this Post:     0       ?        
pire जी, यो चाँहि साह्रै सटिक गयो है, मुटु नै छुने गरी ," democrats tharitharika..", म त नतमस्तक, के भनुम खै । मेरो एउटा आग्रह चाँहि के भने ND ले कुनै सार्वजनिक चुनाव उठेको पनि होईन, कुनै वाचा गरेको पनि छैन, कुनै mandate सार्वजनिक तरिकाबाट promise गरेको पनि छैन र हामीले यस्तो ग‍-यौँ, उस्तो ग-यौँ भनेर बाटा-घाटा फुक्दै छाती पिट्दै हिँड्ने पनि होईन । यति भैसके पछि आपसमा मन मिल्ने नेपाली वा नेपाली प्रति सदिच्छा राख्नेहरु, group of like-minded people भनुम् न, ले हामी-हामी विचार-मन्थन गरौँ, एकको ज्ञानले अर्कोलाई परिष्कृत गरौँ भनेर सरसल्लाह गर्छन भने फेरि तपाईँकै लवजमा "अर्को थरिको डेमोक्र्याट" ले किन टाउको दुखाउन प-यो र? सहमत भए उनीहरुलाई नै "ज्वाईन" गरे भई हाल्यो, होईन भने आफूले पनि त्यस्तै खोलेर, सकिन्छ भने सार्वजनिक नै खोलेर उनीहरुको भन्दा अझ सफल बनाईदिए त तिनिहरुको सेखि झरिहाल्छ नि । Democratic norms भनेको त तेस्तो हुनु पर्ने हो जस्तो मान्छु है म । मैले बुझे अनुसार पूर्णत: खुल्ला नभएको कारण नै त्यही हो जुन यही थ्रेडमा नै देखिदैँछ, बाहिर त यस्तो टोकाटोक हुन्छ भने त्यो ठाउँ पुरै खुल्ला भए केही "ईनर्जी" त आफ्नो वचावटमै खर्च गर्न पर्ने हुन जान्छ । र अति नै सँक्रमण हुन थाल्यो भने त्यस्ता खास उद्देश्यको लागि बनाईएको ठाउँको उद्देश्यकै sanctity मै असर पर्छ सक्छ कि त? त्यसरी त यही साझामा नै हामी छलफल गर्दै नै छौँ नि, भनेसि यस्तो खुल्ला वातावरणको लागि त साझा नै जिन्दाबाद, किन अर्को चाहियो र ? तर त्यसो भन्दैमा फेरि सोमहरु गफै मात्रै गर्ने चाहि होईनन् कि जस्तो लाग्छ है कहिलेकाही, मैले सुने जाने अनुसार के । केही केही काम-कुरा शायद उनीहरुको कोशिसले dispense भै सकेको पनि छ अरे । तर यो कुरो मैले आफ्नै capacity मा भन्दै छु, फेरि माथि यसो गरेँ र उसो गरेँ भनेर छाति पिट्दिन भन्छन, पछि लास्टाँ फेरि के के गरिसके, अझ के के गर्ने वाला होलान् भन्छ, यो त झन paradoxical भयो भन्नुहोला । यो मैले नै सुनेको अनुसार भनेको, ND सँग मेरो यो भनाईको केही पनि लेनादेना छैन । र ND को बिरोध, आलोचना पनि जति पनि गर्न पाईन्छ, धक फुकाएरै गाली गर्नु भए हुन्छ, सुन्नेले सुन्लान नि त । बरु त्यस्तै "थरिथरिका..." जस्तै मीठो अरु अरु पनि जाँदै गरोस है । Keep rolling...
Read Full Discussion Thread for this article