Posted by: shree5 January 21, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
मैले सुनेको अन्सार चईनी हिजो-आज तिरको यो ठूलठुला रेली मै जो वारी कि पारि अराम्नी पुनि भन्चन अरे । उता देसीहुरले सारै अरो तो भाईमाराले भनि नुनतेल चईनी बेसाहा केही पुनि जान नदिनी बनाम्न ठिक्क परेका छन अरे के। भाईमाराको सुर चईनी १०-१५ दिन हेर्नी के के हुन्छ, चर्कै जो भओ भनि सबैलाई खोराँ हालेर थुन्नी र जङ्गली (martial) सासन कै घोसना अर्नी सुर अरेको छ अरे, चईनी पुलिसले र सिडिओले राम्ररी सँई नदेलान भनेर भर्खरै जो जतापाच्छे सरुवा अरेर पहिले पुर्वकालाई अहिले उत्तर, पहिले पच्छिमकालाई अहिले पुर्व गरेर नयाँ ठाममा त हाकिम चिनेको सिपाही पनि छैन रे, सिपाही चिनेको हाकिम नि छैन रे, तेसरी सरुबा अर्दै छ अरे । मेल्टरी भनेका डिँगा त तेसका लँगौटीका झिँगा जो भए केरे पहिले बाटै जो । अनि त्यो हरियो बाँसका दुईटा घाराँ चोयाले टन-टन बाँधेर उल्टो शङ्ख "टूँऽऽऽ" पारेर जिम्दै घाट लान पर्नी मुर्दारले गद्दीमा जो बसो र तेसै तेसै जो गरो भनि त न पिलेन चल्न दिन्छ, फुन-आवा का त कुरै छोडम । अनि घर त जानि जानि, फर्किन क्यारी फर्किनी हो र? ए फर्किन पाईन, येसो २-४ दिन मेलो धानिदेओ त भनेर भनम भन्नलाई पुनि क्यारी भन्नी हो, सके जिम्दै बस्न पुनि पाईनि हो कि नपाईनि हो, यस्तो बेलाँ क्यार्न पाहुना हुन चाईनी खानी छाक र भुँडी बढाम्न मत्रै आम्चस र, नआईज भओ भने केरे मलाई त। तेसो भ'र टिकेसै जो क्याउँसिल अरेर गोदाम बसेको यतै जो म त । ल ल दादा, शुभ-यात्रा है । Keep rolling...
Read Full Discussion Thread for this article