Posted by: shree5 January 21, 2006
Nepe's theory on corruption
Login in to Rate this Post:     0       ?        
त्यो "नेपाल डेमोक्रेसी" भन्ने गुगलान गामको गुप्तेश्वर ओडारको कुरा नि- मैले पनि त्यँहा हेरेको छु र मेरो impression चाँहि त्यँहाको गफगाफ निकै नै स्तरिय र परिणाम-मुखी खालको छ, कुनै सार्वजनिक भतेरमा जस्तो जे मन लाग्यो त्यही गफ गरेर 'टाईम पास" गर्ने खालको पटक्कै छैन । हामीले घर पनि बनाउँछौ, जग्गा पनि बेर-बार गरेरै राख्छौ । भनेको, आफू पनि एउटा अनुशासनमा बस्दा, sanctuary मा बस्दा अरुले पनि त्यसको सम्मान गरेको देख्न चाहन्छौँ। A bit of fencework is always needed to keep the animals off. अब राजनीति र सिद्धान्तका कुरा गर्नी ठाममा एउटा कामासुर आएर नाङ्गै नाच्ला, अर्को असभ्य आएर पारस-स्तुति गाउन थाल्ला । भने पछि ती कुजातहरुबाट आफ्नो "डिफेन्स" गर्ने "ईनर्जी" पनि राम्रो राम्रो असल असल विचार मन्थनमै लगाउन पाईयोस भनेर कसैले गुप्तेश्वर महादेवको पुजारी बन्छु भन्छ भने अरुले गाह्रो मान्नु पर्ने सान्दर्भिकता देख्दिन है मैले त । मन लाग्छ, उनीहरुसित सहमत छौँ भने गएर त्यही बथानमा हुलिदेउ मलाई पनि भनेर भने भयो, होईन भने रीसै उठ्छ भने आफूले पनि त्यसरी नै अर्को गुप्तेश्वरको मठ खोले भयो । उनीहरुले त्यसो गरेको कसैले पचाउन सक्दैन भने मलाई चाहि के लाग्छ भने त्यस्तो भन्नेको नै नीयत सफा छैन, उसले त्यँहा वा तिनीहरुको तौर-तरिकामा केही बिगार पु-याउने ईच्छा राख्दछ । मन सफा छ, आत्म-अनुशासन भन्ने कुराको अर्थ थाहा छ र त्यँहा जाने ईच्छा छ भने मेरो बिचारमा त्यँहा सबैलाई हार्दिक स्वागत छ है । Keep rolling...
Read Full Discussion Thread for this article