Posted by: shree5 January 20, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
अब आपत परेन, नयाँ मुन्छे गाममा आको, भिरबाट घुचेट्दिएर चईनी न मोरो कि हातगोडा भाँचियो कि के भओ । नेपे दाजीले त्याँसी सपैलाई हकारेछन् । अनि तलबाट उठाएर ल्याएछन फेरि तो मुन्छेलाई चौपारीमा जो, बिचराको देब्रे खुट्टो त टेक्यो कि "अया अयाऽऽऽ" भन्न थालेछ केरे । न खुट्टो भाँचियो, न मर्केको मत्रै हो, केही मेसो भएन केरे । त्याँसी दादाले चईनी आँसी (हँसिया) मागेछन् । र साने साहुले अघि दोकानका सामान लिएर गाको सानेको नयाँ डोको चईनी दादाले काटेर तेसमाथि फेरि काकाको चईनी रिडिको बर्को, अनि नेपे दाजीको गलबन्दा र जुहारी आस्कोट के के खाँदेर गद्दा जस्तो बनाएछन है । नेपे दाजी फेरि क्याँओरो बोकेरै जो हिँड्नी केरे, फुटा नि खिचेछन के तेतिखेरै जो ।
Read Full Discussion Thread for this article