Posted by: shree5 January 20, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
अनि सानेको नयाँ दोकान भनेर गामका चईनी आईमाई केटाकेटीहुर सप्पै हेर्न आका केरे । साने साहूले दोकान खोलेको दिन भनेर त्याँहा जानी जतिलाई फेरि पाँच मुठी (आधा माना) चिउरा र एक मुठी चिनी चईनी फिरिमा जो बाँडीराका रैचन केरे । अब तेही मेसोमा मुख्या बा बुढा फेरि नातिलाई समेत लेराएर टोपीमा थापी थापी चिउरा लिएर घर तिर लागे अरे, "अब काँचै चिउराले त मेरा सन्चो गर्दैन, घराँ गएर बुहारीलाई भुट्दे भन्न पर्ला" भन्दै । नमेले चिउरा खान सम्मन जो खाएछ, अनि त "मेरो त पेट ढाडियो दादा, खप्नै नहुनी भओ, येसो खोल्सा तिर जान्छु । आईमाईहुर आएछन भनि नमे खोल्सातिर गाको छ, अहिले नजाओ तेता भन्दिनु है " भनेर दुगुर्दै खोल्सातिर गएछ । काकाले चिउरा लालेलाई जो दिएछन । लालेले त अब खोलातिर माछा साछा मार्नी केरे बेला बेलाँ, फकाएका होलान् नि फिरिमा पाएको चिउरा दिएर पछि असला माछा फुत्काम्न । कपालाँ के के टालो बाँधिराख्छ (head scarf) केरे लालेले, तेही मजेत्रो जस्तो टालोमा उसले नि चिउरा र चिनी पोको पारेरै बसेछ , "बेलुका तुच्च तुच्च पार्न सितन हुन्छ, अहिले खानी हो भनि त पेट दुख्छ नमेलाई झैँ" भनेर । उता चौपारीको पल्ला छेउमा नेपे दाजीले भनि मुन्द्रे, साँहिलो र बेँसिथानेलाई लगरे चिउरा पुनि खाँदै अनि के के हो भट्याम्दै राजनीति अर्न सिकाम्दै थे अरे । त्याँसी दादा भनि हिँडडुल अर्नी मुन्छे केरे, चिउरा र चिनी मोलेर खाँदै काका सित तेहीँ चईनी चौपारीमा बसेर गोट्टा हो कि बागचाल खेलिराखेका रैचन केरे । आईमाई केटाकेटीहुर चईनी आम्दै जाँदै गरि राका रैछन् है सानेको दोकान नि हेर्न भओ केरे, चिउरा पुनि खान पाईनी भओ केरे फिरिमा जो । जमुनि पुनि आज चौपारीमा साने साहूको नयाँ दोकान नि हेर्न हुनी, अनि तेतै तिरबाट गिँदरीको घाँस काट्न परो; चईनी चौपारीमा गएसि कोही न कोही भेटिन्छन केरे लोग्नी मुन्छे, अनि तिनारु मध्ये कसैलाई "लौन मेरा डिँगा भोकाए, बुटाबाट घाँस झार्देउ" भनेसि घाँस काटिदिन्छन, समेलेर लेराउन हुन्च भनेर तेही चौपारीकै बाटो जाँदै रैच केरे । हँसिया र नाम्लो बोकेर तेतै चौपारी तिरबाट गईछ । अनि साने साहूसित चिउरा नि मागिछ । त्याँसी तो साने साहूले दिएको पाँच मुठी चिउरा पुनि बरा मसित बाँडेर खान भनेर चईनी पटुकामा पोको पारेर अब कसलाई भन्नी होला त नि घाँस झार्न, चईनी लाले देवर कता गएचन कुन्नि, तीनले गाहारो नमानिकिनै जो झारिदिन्थे केरे भनेर येता-उता हेर्दै थिई अरे । अरु खैसरा, यामकला को को पनि थिए अरे के, गामका चईनी आईमाई पाटी सप्पै जो गाका फिरिमा चिउरा खान पाईन्च भनेर । ति केटीहुर पुनि चईनी अब आ-आफ्ना घर तिर जान ठिक्क लाका थिए अरे के । तेतिखेरै जसो त एउटा भुसतिघ्रे चईनी कालो चस्मा लाको चईनी बाबियोको गाँज भन्दा नि बाक्लो झुसे दारी पालेको एउटा डँडाग मुन्छे त चईनी "म त परदेसी हो, यहाँ त सेउसी सेउसी केटी पाईन्च अरे" भन्दै आएछ । अब हाम्रा गामका आईमाईहुरले सेउसी भनेको के बुझ्नी हो र, यामकलाले सम्मन मेलो पाईच । अनि "उ त्याँहा चिउरा बाँडेका छन्" भनेर यामकलाले भनि अरे र केटी पाटी त भाग्न थालेछन केरे । तेत्तिकैमा त तो मुन्छेले चईनी खैसरालाई घुरेर के के भनो अरे । कसो कसो अर्दा त उता नेपे दाजीसित मोतो बसेको बेँसिथानेले चईनी सुनेछन र अनि मुन्द्रे र बेँसिथाने त हुरुरुरु तो मुन्छे भाको ठाममा आएर तेसलाई त कक-याएर चईनी चौपारीको छेउबाट तल भिरतिर घुचेट्दिएछन् है ।
Read Full Discussion Thread for this article