Posted by: miss_ me January 18, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
तपाइ हरुले दिएको उत्साहको लागि धेरै धेरैधन्यबाद। अब यो अर्को पनि अलिक फरक ,,,,,,,,,,, ( चित्रेभाइ! मैनालाइ यसो भन्दा कसो होला?) सुसेली- तिम्रो आवाज मेरो आँखा भित्र, तिम्रो संसार सजिएको बेला सपना मेरा अधूरा हुनसक्छन भावना तिम्रा अपूरा हुनसक्छन किनकि, हाम्रो आँखाले सपना फरक देख्नसक्छ हाम्रो आकांक्षा फरक हुनसक्छ यो परिवेश हो समयले फरक गराउन सक्छ। त्यसैले, तिम्रो आँखाको ज्योति जो मेरो लागि बलिरहेछ तिम्रा मायालू हातहरु जो मेरो लागि फैलिरहेछ तिम्रो त्यो स्पन्दन जो मेरो लागि धड्किरहेछ। त्यहि ज्योति को कसम !! हात अनि मुटुको कसम !! कत्ति बिचलित नहुनु पृय! म देखाउन सक्दिन तर यो मुटुमा भरिएको तस्विर तिम्रैहो म ब्याख्या गर्न सक्दिन तर, यो मनसपटमा कोरिएको आकृति तिम्रैहो। अब्यक्त मेरा भावना , एकान्तमा गुनगुनाए भने नभुल्नू तिमी सुन्न कतै मेरा भावनाहरुमा तिम्रो शब्द हुनसक्छ मेरो सुसेलीहरुमा तिम्रो आवाज भेटिनसक्छ।।
Read Full Discussion Thread for this article