Posted by: Gautam B. January 18, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
कविताको देशले साम्राज्यनै खडा गर्न आँटिसकेछ। म मात्रै पछाडि परेको रहेछु। माष्टर्नी नानी (माफ पाऊँ, चौतारीको यो नाम सजिलो लाग्छ मलाई), तपाईँको आशावादले भरिएको कविता पढ्न पाऊँदा खुशी लागेको छ। अरु पनि पढ्न पाईयोस। जिम्माल र चेतनालाई पनि धेरै धेरै धन्यवाद। अब लालुपातेजी र दादाबाट पनि कविताको माग गरौँ हामी। अध्ययन ब्यस्तता बीच नया लेख्न सकिरहेको छैन मैले चाहिँ अचेल। देशमा झन झन बढिरहेको निरंकुशताको आगोले यहिसम्म आएर पोलिरहेको छ मलाई। त्यसैले विश्वविद्यालय जीवनमा लेखेको यो एउटा मुक्तक राख्दैछु आज। "प्रश्न" कागजका प्वाँख टाँसेका यी मुजुरहरु चासो दिँदैनन् यीनले जनताका उजूरहरु मान्छे हो ! बेला भएन र संग्रहालयमा थन्क्याउने? यी 'गजूर' लाएका 'हजुर'हरु ।
Read Full Discussion Thread for this article