Posted by: Nepe January 17, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
चौतारीका दम्तरीहुरलाई एउटा कुरामा कान फुकम भनेर । यो कुरो मेरो मनाँ केही दिनदेखि खेल्या छ क्या । कुरा यसै चौतारोसँअ सम्बन्धित छ र त्यो पनि यसलाई कसरी सदा कुराकानीको सिरानमै हुने पार्ने भन्नेसंग सम्बन्धित । "चौतारी" साझाको एउटा महा-घटना त हुँदै हो, यसले पाचौं सिजन सफलतापूर्वक सम्पन्न गरेर छैठौं सिजन धुमधामसित मनाईरहेछ भनेसी, यसलाई साझामा विशेष रुपमै व्यवस्थित गर्नु मनासिप नहोओ त ? यस्तो विशेष धागो कुराकानीको लम्बे झ्यालमा घरी माथि, घरी तल, अझ कहिले त गायपै हुने कुरा यो आँखोलाई जचेन । मलाई के सुझ्या छ भने, सानदाई भनेर यो "चौतारी" लाई कुराकानी झ्यालको दलिनमै झुण्ड्याम्ने बेपस्ता गर्न पाए त यो सधै सिरान मै भेटिन्थ्यो नि, हैन ? चौतारी त अब वस्तुत: केबल धागो नरहेर एउटा नियमित स्तम्भप्राय: बनिसको भने हुन्छ । यस्तो नियमित कुरोलाई सयथरीका अनियमित कुरामाझ पौडी खेलाउनु उचित पनि हुँदैन । भनेसी, अब सप्पै दम्तरी मिलेर चौतारीलाई सिरानमा राख्ने बेपर्ता गर्न सानदाईलाई एउटा निउदन ठोक्ने कि भनेर मन्त्रणा गर्न आको हुँ । के भन्चौ त दम्तरीहरु ? *** *** *** नियमित धागोहेरको कुरोमा कुरो आयो । मलाई त नेपाली गजल/कविता को पनि एउटा छुट्टै बक्सा भएर बडो सुबिधा हुन्तो भन्ने पनि लाग्छ । शिरीष, गोताएँ, भउते, बिर्खे जिम्माल, के भन्चौ ? कुराकानी झ्यालको दलिनमा "चौतारी" संगै "गजल/कउता" पनि झुण्ड्याम्न पाए खास्सा हुने थिएन त ? _____
Read Full Discussion Thread for this article