Posted by: Birkhe_Maila January 15, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
यात्रा र लक्ष्य - बिस्तारै, घस्रँदै घस्रँदै सुकेको ओठमा जिब्रो फिराउँदै, ठेस लागेर रक्तयाम्म खुट्टा हरु, घिच्च्याउँदै, घाऊमा भन्भनाउने सयौँ झिङ्गाहरुलाई ढपाउँदै, र हजारौँ औँसाहाहरुमा दिग्बिगाउँदै, मेरो पाईला सफलता तिर जाँदैछ रे! अनकण्टार मरुभूमिमा पानी खान नपाएर, प्याक प्याक घाँटी सुकाउँदै, कहिले आफूलाई लडाउँदै, कहिले आफूलाई उठाउँदै, सिउँडिका काँडाहरुले मलाई छिया छिया पार्दा, कुन्ज तिर मैले एक पाइला बढाएँ रे! कुहिएको मेरो फोक्सोमा तितो धुवाँ भर्दै, बिषाक्त मेरो रगतमा अझै बिष थप्दै, बटारिएको मेरो आन्द्रालाई झन गाँठो पार्दै, कुंजिएको मेरो शरिर, स्वर्गिय बिश्राम तिर लम्कँदै छ रे! बिहानीको सिरेटोमा नाङ्गै लुग लुग काम्दै मध्यान्नको प्रचण्ड घाममा पसिनाले शरिर भिजाउँदै कहिले एक्लै, बेहोशीमा बर्बराउँदै कहिले त्रासपूर्ण कोलाहलले कानको जाली फुटाउँदै रात पर्दै जाँदा, मेरो पाइला शान्ती तिर बढ्दैछ रे!
Read Full Discussion Thread for this article