Posted by: Ocean January 15, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
माष्टरनी नानी, आलिकिति कडा त हुनै पर्च है इस्कुलाँ, मलै त तेस्तै लाउच ! कडा नहुनि हो भने त भुनेको काँ टेर्चन र केटकेटीले ! अनि अचेलका त केट्केटी नि सारै उत्ताउला किन हो कुन्नी ! हामी त तेस्ता थेनम् के रे । माष्टर मास्टर्नी बाटाँ हिन्दा भेट भो भने नी हामी त ड’रले भैँमा हेरेर हिड्तिम् खोइ ! अइलेया केटकेटी त यसो रुखओ छेल परेर नदेख्नी अरी “ओइ मिस हिजो कता थिइस्” भन्नी रचन् । मैले आफैँले सुनेको लौ ! त्यो सिरेओ कान्छो छोरो हिजो नानीले दोकान ट मर मसलो किनेर आम्निबेलाँ संमिया बुटाँ छेल परेर त्यसै भन्दै थ्यो, माष्टरनी नानीले सुन्यौ कि सुनिनौ कुन्नी ! अचेलका केट्केटी उरन्ठ्यौलो बोल्न नि कति जान्नी हुन ? अस्ती एउदिन मगर माइलाकाँ नारानको पूजा अर्यारचन र खान बोलाथे मलै । गएँ के रे ! जानीबेलाँ कमेज लाउन नि बिर्स्यो र’चु, त्यै कन्ना च्यात्तेको छाती सपै देखिनि सेतो भेष्ट ला’र ग’थेँ । ती माइलाकी स्यानी छोरी भख्खर चार’की पुएर पाँचाँ लाइ क्याओ यै माघाँ, सारै राम्री रचे, काखाँ ले’र खेलाई राखम् जस्ती । अनि त्याँसी खेल्दै खेल्दै म भ’ठाँ आइ । मलैनी एउछिन काखाँ लिन मुन लाओ । मगर्नी भाउजुनी त्यैँ थिन के रे । पुल्का पार्दै पार्दै काखाँ ले को त के भन्चे “आबुईऽऽऽऽऽऽ ममी एऽऽ ममीऽऽऽ हेर्नु न अङ्कलका त छातीयाँ नी कति धेरै झार पलाका” अरे लौ !!!!! अब तेस्का मगर बाउका छातीयाँ कैल्यै “झार” देख्या भा’पो ! मलै त भाउजु सँ नी सरम लाओ, अनि फुत्त तेल्लाइ भैँमा मिल्कार घरतिर हिडेँ !
Read Full Discussion Thread for this article