Posted by: sajhabusaima January 14, 2006
Breaking News --- Maoist Attack KTM
Login in to Rate this Post:     0       ?        
दादा अझ मालाइ चित्त बुझेन । हामि मानब हौ म यो भन्दिन त्यि पार्टिका पद ग्रहण गर्ने हरुले गल्ति गरेनन् त्यति बेला, गल्ति गरे र त्यिनिहरु ले त्यसको परिमाण भोकि सकेका पनि छन् । अनि के तपाइ को मतलब त्यिनिहरुले गल्ति गेर भनेर सधै हामि एउटै गल्ति गरिरहने? के बिदेसि कै साहारा मा सधै दौडिरहेने? लोकतन्त्र भनेको पनि यहि गलति हरु लाइ सच्याउदै जाने एउटा राजनैतिक अनि प्रसासनिक सिस्टम हो । आज गिरिजा छ भोलि हिरिजा आउछ र गिरिजा को गाल्ति लाइ सच्याउछ अनि पर्सि तपाइ आउनु हुन्छ र त्यसलाइ सच्याउनु हुन्छ। यसरि नै देसको बिकास र शान्ति सोच्न सकिन्छ। दादा हो यि पार्टिहरु सत्ता मा छदा पनि मरेका थिए नेपालि दाजु, भाइ , दिदि , बहिनि हरु तर म यो भनि रहेको छैन मरेका थिएनन। तर आज देस जुन मुढ भेढ को स्थिति बाट अगि बढिरहेको छ, के त्यस को बारे मा अलिकति सोच्नु भएको छ? त्यसो भन्नु हुन्छ भने के देख्नु हुन्छ त यसको निर्कोल? दादा जे भए पनि अब ज्ञाने को अन्तिम घडि चलिरहेको छ । नभए गए हप्ता हेर्नु भयो होला सात पार्टि को सफलता जनकपुर मा । अनि ठुला कुरा गर्ने शहि सैनिक लाइ गालामा थप्पड हान्दै थानकोटमै कब्जा गर्यो माओबादिले आज अब बाकि छ सिंहदरबार र नारयणहिट्टि । दादा अब नेपाल मा शासन नेपालि जनता ले गर्नु पर्छ र दरबार कसैको पेबा होइन कि हत्यारा वा देस द्रोहि भए पनि त्यहा गए पछि चोखिने। न त नेपालि जनता कसैका रैति हुन। न त देसको एक मात्र सैनिक कसैको पेवा हो जसले जनता को बदला एउटा दरबार को मात्र शुरक्षा गरोस। अनि दरबार मा त्यो हक छैन कि जनता को अधिकार खोस्ने । त्यसैले ज्ञाने ले जे गरिरहेका छन् त्यि सबै मर्ने बेलाको कमिला मा पखेटा आए जस्तै हो।
Read Full Discussion Thread for this article