Posted by: kick January 13, 2006
Login in to Rate this Post:
0
?
‘ओए बुडी, खै ले ले मेरो टोपी कता छ? तरालीहुरले चेंग्रा लेका रैचन। एउटो लेउन परो हाम्ले नि’। बुडीले हाताँ टोपी थमाइदि अनि गल्बन्दी भिरेर घराट निस्केँ।
यस्पाली त यी पश्चिमाहुरले चेलु-चेंग्रा लेउन नि ज्याद्रै जो ढिलो अरे गाँठे। पैले पैले त पुष लाग्दा नलाग्दै कति बथान चेंग्रा झारिसक्ते हाम्रा गाम तिर। यस्पालि त लौ भोलि देखि माघ लाउँदैछ, बल्लतल्ल एक बथान लेइपुराए । आजकल यिनी तरालीहुरलाई नि ज्याद्रै जो दुख छ रे भन्चन उनका लेखतिर। ति कइँ नभा माउवादी भन्नी डाँकाहुरले बस्न टिक्न नदेएर धेरै जसो त उँभोबाट तल तिर झरिसके रे। तै नि कोइ कोइले तेतै बसेर अजै चेंग्रासेंग्रा पाल्नि रैचन्।
चेंग्रा राखेओ ठाममा पुग्दा त सप्पै गाम्लेहुर पुगिसकेर नि गतिला गतिला जति समाति सकेआ रैचन्। नमे, चित्रे, मुन्द्रे, दादा, बिर्खे जिम्माल, लाले सप्पै जो यईँ रैचन्, एकन्टा समाइसकेका। तो सिरे नि रमझम हेर्न भए नि आओ रैच, मासु-माछा खान्न के रे तेल्ले। सप्पैले जो चेंग्रा आँटेचन यस्पालि। हुन नि यिनी तरालीहुरआट चेंग्रा किन्न ज्याद्रै जो सजिलो। अइले भक्खरै तिर्न नि नपर्नि। उनीहुर चेंग्रा बेच्दै उँधो तराई सम्म पुगेर सप्पै बेचेर भेइएसी फर्किदा २-३ मैनै हुन्च। तेति बेला सम्म तिनका गाम तिर हिउँ पग्लेर अल्लि न्यानो नि हुन थालिसक्च रे। तिनीहुर घर तिर फर्किँदाखेरि बल्ल सप्पैकाँट पैसा उठाउँदै आउँचन्। तेतिबेलै तिरे हुनि।
आज त के अचम्म हो? तिनी मुखिया बा नि आएर दुइटा चेंग्रा अंठ्यार बसेआ रैचन्। यिनी मुखियाबा ले नि ज्याद्रै जो दुख पाए गाँठे जिउले नदेएर। बात का हुनुसम्मनका बिमारी। पैताला र नलीखुट्टाआ जोर्नि ज्याद्रै जो दुख्नि जैले नि, त्याँ माथि बातले चेपेओ बेला कैले कैले त मुत्न नि नसक्नी हुनि भएर आजकल धेरै जसो घराट नि निस्किन्नन। आज चैं तै निस्केचन् चेंग्रा भनेसी।
मैले नि नमेलाई छान्न लाएँ एउटो। केटो ज्याद्रै जो तकडा छ यस्तायस्तिआँ। नउचालिकन नि ठ्याक्कै जो अंदाज लाउन सक्च कति गरुङा छन यिनी चेलु-चेंग्रा भनेर। तेले छानेसि फरक पर्दैन लौ। घाटा त ज्यान गए परिन्न। एउटो काइदाओ चेलु छानेर त्याँसि तेइ भङ्ली दमिनिओ छोरोलाई डोराम्न लाएर घरतिर आएँ।
.