Posted by: Gautam B. January 12, 2006
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
शाही चुनावकै प्रसंगमा केहि टुक्राहरु थप्दैछु आज। "सुवर्ण अवसर" 'प्लेन' चढेर, काठमान्डु गएर- भोट हाल्नुहोस् ! "अरु आकर्षण" लजमा बस्ने, भोजन, दारुपानी- सप्पै सित्तैमा! "निर्देशन" कतै नहेर्नु 'जैजयकार' गर्दै खुलामञ्च जानु । "तरिका" लाइन लाग्ने, सेनाले टुक्रो दिन्छ- बक्सामा हाल्ने; मत खसाल्ने, फेरि लाइन लाग्ने, फेरि खसाल्ने; खसालेपछि- फेरि लाइन लाग्ने, फेरि खसाल्ने; -------------- -------------- खसाल्नु त हो- छाप लागेको खोष्टो! मुठै खसाल्ने!