Posted by: rhishi January 11, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
ल साथी हो ! धेरै दिन सुतिए छ हो, यसो ब्युँझिएर यता च्याको त यो कबिताको देश त काहाबाट काहा पुगिसकेछ। नया-जोशिला साहित्य धावकहरूले यात्रा लाई त निकै माथि उकालिसकेछन् हो। ल सबै मित्रहरूलाई बधाई छ है। मेरो पनि एउटा स्यानो त्यान्द्रो ह्याँ टास्ने जमर्को गर्दैछु॥ अनुरोध झर्‍यो पात एक इतिहास लेखी कोपिला त्यो फक्र्‍यो सपना समेटी “म फुल्‍नेछु। फुल्छु॥” कोपिलाले भन्‍छ “त्‍यसैमा म भुल्छु॥” भ्रमरा कहन्‍छ॥१॥ मिले हात तिम्रा म बढ्‌थें अगाडी पाए साथ तिम्रो सबै बिघ्‍न नाघि। तिमी मूर्छना हौ मेरो कल्पनाको तिमी नै किनारा मेरो जिन्दगीको॥२॥ बढ्‌यो छाल एक समुन्‍द्रै समेटी छोएर किनारा गयो छाप मेटी “क्षितिजमा म झुक्‍छु॥” आकास भन्छ “त्‍यँही तिम्‍लाई चुम्‍छु॥” धर्ती कहन्छ॥३॥ पोतवार एक्लो मेरो जिन्दगीमा डुबी-तैरदैंछ, खोजी पूर्ण जुन। आई सम्हाल मेरो हाल दिलको तिमी तारणी हौ मेरो जिन्दगीको॥४॥ अहो चन्द्र हेर अति छन्‌ बिभोर सेताम्‍य बिस्‍कुन जुनको छरेर। ओढी चाँदनी त्यो निशा फक्रिएकी भिजी ओसमा लौ झनै निख्रिएकी॥५॥ मेरो जिन्दगीको तिमी चाँदनी हौ घना बादलुमा कहाँ लुकेकी छौ? नओढ भो लाज म हुन्छु बेहाल मेरो रित्तो जिवन आएर सम्हार॥६॥
Read Full Discussion Thread for this article