Posted by: Gautam B. January 11, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
यो बिर्खे पनि कति बग्न सक्या हो सलल....! (डाहनै लाग्न थालिसक्यो अब त रे क्या!) यात्रालाई अविराम गति दिन नछाडौँ गुरु। ************************************************** नवप्रयोगीजी, कविताको देशमा गाऊँ थपिदिनु भएकोमा धन्यवाद। गुरुले कसतर्फ यी बिम्बहरु हुर्र्याउनुभएको हो, त्यो मेरो बुझाइ भन्दा फरक पनि हुनसक्छ, तर कविताको शैली एकदम मन पर्यो। एउटा कुरा नी; "........ म र गोठालाहरुबीचको भेद केवल मलाई र आगोलाई थाह छ मेरो चेतना मेरो विद्रोहलाई दबाइरहेछ त्यसैले सुस्केरा हाल्दैछन गोठालाहरु ..........." विद्रोहलाई दबाउने यो कस्तो चेतना हो? स्वस्थ विद्रोहले त प्रकट हुन पाउनुपर्छ होइन र? मेले नबुझेको पनि हुनसक्छ। ************************************************************** लालुपातेजी, कहाँ ऐल्यै किताबको कुरा गर्नुभएको? लाज लाग्छ यार! पहिला एक दुइटा गतिला कविता लेख्न सकियोस्, त्यसपछि पो!
Read Full Discussion Thread for this article