Posted by: newuser January 11, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        

म र गोठालाहरु

-न्यूयुजर

म यथार्थमा रमाइरहेछु

वास्तविकतामा सल्बलाइरहेछु

आगोको बात्सल्यमा आफैलाइ पगालेर

म हिउ‍ंदको उराठ शानसित काटिरहेछु


म मौन छु र मौनता रुचाइरहेछु

आगोको सामिप्य र न्यानोपनमा

मैले दिनचर्याहरु भूलिरहेछु

र कानेखुशी गर्दैछन् गोठालाहरु


म र गोठालाहरुबीचको भेद

केवल मलाई र आगोलाई थाह छ

मेरो चेतना मेरो विद्रोहलाई दबाइरहेछ

त्यसैले सुस्केरा हाल्दैछन गोठालाहरु


आगो मेरो आँगनमा बलिरहेछ

र जीवन पर्यन्त बल्ने चिराग छ

त्यसैले जरुरी छैन सम्झाउन

कठ्याङ्ग्रिएका इर्ष्यालु गोठालाहरुलाई


मलाई न्यानोपन दिने प्रण छ मेरो आगोमा

अरुलाई लल्कार्ने र पोल्ने ज्वाला छ मेरो आगोमा

गोठालाहरु झ्याली पिटेर ख्याल तातो मान्दैछन

अनि म मुस्कुराउँदैछु तिनका मृगतृष्णाहरु देखेर


होहल्ला गरुन नथाक्दासम्म उँभोदेशे गोठालाहरु

भेंडा हसाउँन नौटंकी गरुन दिग्भ्र‍मित गोठालाहरु

Read Full Discussion Thread for this article