Posted by: Birkhe_Maila January 11, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
काठमाण्डौको एक बिहानी – राजधानी हुनुको खोक्रो गर्व गर्दै फोहोर अनि दुर्गन्धको घुम्टो ओढ्दै काठमाण्डौ, बिहानी बोलाउँछ! ईतिहास देखि नै सम्पन्न महलहरु, यत्र तत्र मौलाएका ईँटका थुप्राहरु, थाम्नै नसक्ने भार बोकेका सडकहरु, जर्जर र खण्डित मंदीरहरु बिस्तारै ब्युँझन्छन्। भोकै सुतेको ‘सन्ते’ पाउरोटी भुँडिमा हाल्छ, र रिक्सा निकाल्छ। टन्न खाएर सुतेको ‘राममान’ चिया पिउँछ, र पसलमा धुप सल्काउँछ। सडकको पेटीबाट एउटा खाते बिउँझन्छ! चुरोटको तलतलले यता उता नियाल्छ, जिउ कन्याउँछ, बोरा पट्ट्याउँछ! अटाइ नअटाई भुँडि भर्ने मन्त्री, बाथरुममा बमन गर्छ र मर्निङ वाकमा निस्कन्छ सचिवले पाल्तु कुकुर डोर्याउँछ र हिजोको मिटिङले भरिएको खल्ति सुमसुम्याउँछ भुस्याहा कुकुरहरुले सडकमा रास लिला मच्चाउँदा, अघिसम्म मिचिएकी सुन्तली लुगा लगाएर बाहिर निस्कन्छे र आफ्नो अस्मितालाई सम्झन्छे रातभरी आत्तिएको विरामी, ठिक भएको अनुभव गर्छ कुरुवालाई थप दुख दिन्छ र ‘टिचिङ्’ को क्याबिनमा बल्ल निदाउँछ। ‘भिडियो गेम’ सम्झँदै सुतेको फुच्चे, हिजो रातीको ‘ड्याडी’को आश्वासनमा दंग पर्छ र ‘टिफिन’ बोकेर स्कुल बस चढ्छ डेरामा बस्ने किस्ने, दाँत माझ्दै घरबेटीको छोरी सम्झन्छ कपालमा ‘केवो कार्पेन’ लगाउँछ र खैनि च्याप्दै क्याम्पस जान्छ ‘डायबिटिज’ ले पिडित पंडित खाली खुट्टा पशुपती जान्छ ‘जेरि स्वारी’ हसुर्छ र जेठो छोरोले मम खाएकोमा बागमती नुहाउँछ! राजधानी हुनुको खोक्रो गर्व गर्दै फोहोर अनि दुर्गन्धको घुम्टो ओढ्दै काठमाण्डौ, बिहानी बोलाउँछ!
Read Full Discussion Thread for this article