Posted by: Nepe January 10, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
यो धागो, अघोषित रुपमै सहि, वयस्कहरुको लागि रिजाप भएको धागो हो । त्यसैले यहाँ यदाकदा वयस्क सामाग्री (अश्लिल नभनिहालौं के) आओ भने अवाञ्छनिय नहोला भन्ने मान्छु के रे । तै पनि कति चाहिं भनिहालम् भने, अचार जसरी अरु व्यञ्जन माझाँ पितिक्क हाल्नु र मेन कोर्स नै बनाअर ह्वात्त पस्किनुमा अन्तर हुन्छ के । तर पात पात अन्सार दुनो, दुनो दुनो अन्सार मुख, मुख मुख अन्सार जिब्रो, जिब्रो जिब्रो अन्सार स्वाद भन्छन के रे । अब क्यै कथंकदाचित दुत्कारीहालेचु भनेनी म कुट्या जस्तो गर्छु तँ दुख्या जस्तो गर गरे भैहालो नि त । अनि यि सिरे ख्याल कथा हाल्न जान्दैनन् । 'अरेबियन नाईट्स' लोककथाको 'शेहेरजाद' कै औतार होलान् यिनी भने झै मान्छु म ता ।
Read Full Discussion Thread for this article