Posted by: shree5 January 10, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
मलाई भित्र-भित्र बेसरी डर लागो लालेको हालत देखेर । केटालाई पक्कै केही लागेको हुन पर्च । यसलाई भूतले छल्यो होला केरे, सातै गए जस्तो छ । बेलुका यही कोदो लिएर गएर धोबिनी भाउजुका घराँ रौसी पारेर चईनी सबभन्दा माथिको तीनपाने चईनी लालेलाई खुवाम्न परो, अनि लालेको अलि आँत आम्छ कि भनेर बिचार गरेँ । फेरि रउसी खानी कुराँ त "तुच्च तुच्च भनेर केटो अगाडि जो सर्छ केरे । अनि कोदो ठटाएर सकेम र निफनिसके पछि नेपे दाजी सित फेरि एक पाथी कोदो लिएर गयम् धोबिनी भाउजु कहाँ । धोबिनी भाउजु रउसी पार्दै छन्।
Read Full Discussion Thread for this article