Posted by: shree5 January 10, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
लाले त मेरा घराँ आएर हरितालै लाएर बसे केरे । भन के परो भनेको बोल्दै बोल्दैनन्। त्याँसी एक छिन पछि चा सा खान दिएँ । अनि धेरै बेर पछि बल्ल बक्के फुटाए । कुरो के भनि नेपे दाजीले अस्ति नै बटौली तिरा'ट के हो के हो दबाई लेराका छन् अरे । अनि के हो त नि भनेको मरिगए भन्दैन केरे । खै के जाति हो दबाई हो भन्छ, अपुर थोक भन्दैन । मैले त कुरो बुझेको भा त मरिजाम् । त्याँसी मैले, "ठिकै छ त नि, अनि हामी जाम्ला त नि नेपे दाजीका घराँ, त्याँसी उनलाई भेटेसि के भन्नी हो त नि तिनलाई" भनेर सोधेको लास्टाँ "मलाई भन्न अप्ठारो भओ, उहीँ नेपे दाजीका घराँ जो जाम्, त्यँही भनम्ला त नि " भन्च केरे । ठीकै छ त नि भनेर नेपे दाजीका घराँ जो गईयो । उनको कोदो पनि पसारो परेको रहिछ केरे आगनाँ । कोदो ठटाम्न ठिक्क परेका रैचन् । त्याँसी हामीलाई देखेसि नेपेले, "के काम परेर आम्नु ओ, सारै काम नभएरै लन्ठिराको भए मलाई आज कोदो ठटाम्न पर्म लाम्नुस केरे, भोलिपर्सि तपैँको नि खेत बारी जोतिदिएर तिरम्ला त नि" भने । मैले, "खै दाजी, लालेले तपैँसँग के कस्तो हो दबाई का गोली छन् अरे, खास त तेही भनेर आको हो। मेरो त काम छैन आज, मैले सघाम्ला, लाले सित हजुरले जो कुरो अर्नुस " भनेँ । अनि लालेले "तो तागत दिनी दबाई छ अरे तपैँसित, तेही ईतिकिति दुई-चार गोली-केउसुल (capsule) दिनुहुन्च कि भनेर " भने । नेपे दाजीले त्याँसी , "तेस्तो त केही छैन, तागत दिनी त दबाई कहाँ हुन्च र, भन्नी मत्रै हो पैसा ठटाम्नलाई । दबाईले त तागत दिनी हैन, खान्कीले हो खान्कीले । बरु सुत्केरी आईमाईलाई दिनी त के के भिटामिनी चक्की हुन्चन् तर हामी लोग्ने मुन्छेलाई त केही नि भए झै मान्दिन । तेही भिटामीनी सिटामीनी चाईनी भा पुनि नेपाने डाउँडरकाँ पो होला र, मेराँ त के हुनी हो र । गोरस छ गोरस बेस्सरी तागत दिनी, मोही खान्चौ भने सारेर लेईदिन्चु केरे" भनेर भित्र गएर एउटा सिल्टेको आम्खोरा भरि मोही ल्याएर दिए केरे । लालेको मुखै रातो पिरो भयो, केही नि भन्न सकेनन् । मोही सम्म खाए । अनि "तो कोदालाको बीँड बनाम्नी दबाई हुन्च अरे है, तपैँसँग छ अरे है " भन्चन केरे । न नेपे दाजिले कुरो बुझे न मैले । कोदालाको बीँड बनाम्नी त अलिक दह्रो काठको सोझो हाँगो काटेर त्याँसी हँसिया, चईनी आँसी खुर्पाले ताछेर बनाम्नी हो केरे । बरु रामो-बसिलाको काम होला । मुन्छेले मुखबाट दबाई खाएर पुनि क्यारी कोदालाको बीँड बन्दो रैच र कुन्नि । केटो कोलडाँडा तिर गाको थियो, केही बौसी बन्डाईनी चईनी भूत-प्रेत मसान ससान के के लागेछ कि क्या हो लाले लाई झैँ माने मैले मनमनै । नेपे दाजीले भने फेरि "लालेलाई नि खुवाम्नु भओ क्या हो शिबबुटी बिहान-बिहानै जो " भन्चन केरे । मैले अब के भन्नी हो र, अनि "हो हो दाजी " भनेँ ।
Read Full Discussion Thread for this article