Posted by: Birkhe_Maila January 10, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
*** भौते गुरु हैन के हो भन्या खै त आजकल लेखेको?** सेन्स जी एऊटा नबुझी गरेको रोमान्सको नतिजा पस्कन खोजेको मात्र हो मैले! एऊटा अर्को है त - यो के हो? – झलझल बत्तिले पनि आँखा खान्छ मगमग बास्नाले पनि दुर्गन्ध ल्याउँछ कलकल झरनाले पनि कलह सुनाउँछ सरसर हावाले पनि मुटु छेड्छ प्रिय यो के हो? अब त, तिम्रो सामिप्य पनि खोक्रो लाग्छ! हरहर आगोले पनि मलाइ पोल्छ तरतर झरिले पनि मलाइ पखाल्छ फ्याट्फ्याट् पाइलाले पनि मलाइ लखेट्छ चुप्प चुप्प चुम्बनले पनि मलाइ पोल्छ प्रिय यो के हो? अब त, तिम्रो आगमनले पनि मलाइ तर्साउँछ! सलसल बग्ने नदी थियौ तिमि पलपल रम्ने कारण थियौ तिमि क्षण क्षणको मेरो ध्यान थियौ तिमि निश्चल मेरो बिश्वास थियौ तिमि प्रिय यो के हो? अब त, तिम्रो आलिंगन पनि बिरानो छ! हरदमको साथ थियौ तिमी हरपलको बिश्वास थियौ तिमी रग रगको रगत थियौ तिमी ढुक ढुकको संगित थियौ तिमी प्रिय यो के हो? अब त, तिम्रो नजर पनि पराया छ!!
Read Full Discussion Thread for this article