Posted by: blah January 9, 2006
Nepal or US???
Login in to Rate this Post:     0       ?        
------------------------------------------------------------ राँगाको लिदी फ्याँक्ने गल्लीहरुमा नाक थुनि थुनि हिँडियो। टेक्नै नमिल्ने शौचालय पनि मिलाइ मिलाइ प्रयोग गरियो।। धुवाँ र धुलोले केही नदेख्ने बाटोहरु खोक्दै खोक्दै हिँडियो। हप्तौँ सम्मन् थुप्रिएको फोहोरमैला रुमालको भरमा झेलियो।। स्कुलमा सरको बिनसित्तिमा पिटाइ पनि खाइयो। कलेजमा कत्तिले पिटे, आफुले पनि कत्तिलाइ पिटियो।। कलेज भित्र आउने प्रहरीलाइ हुलै मिलि लखाटियो। अनि बाहिर पुग्दा त आफु हुलै समेत भागियो।। साथिभाइको अगाडि त खुबै धाकधक्कु लगाइयो। फिस्टे प्रहरिले बन्दुक तेर्स्याँउदा हाम्फाल्दै भागियो।। माओबादीको डरले गाँउको घर जान त्यसै छोडियो। सेनाको डरले आफ्नै टोलमा पनि साँझ हिँड्न छाडियो।। नेपालमा घृणा गर्ने कुराहरु त कति कति भेटियो। सोच्दा सोच्दा दिमागको सोच्ने शक्ति पनि सकियो।। केहि गर्छु अब मैले भन्ने बिचारले दिनरात सतायो। आखिरमा केहि सीप नलागि प्यारो नेपाल नै छोडियो।। अम्रिकामा दिनरात डराइ डराइ यताउता काम गरियो। मरुन्जेल कमाएको पैसा चित्त दुखाएर स्कुलमा तिरियो।। सकि नसकि क्रेडिट कार्डले टन्न गाडि फेरि फेरि चढियो। घन्टौँ हिँड्ने मान्छेले दुइ मिनेटलाइ पनि गाडि दौडाइयो।। बानी लागेर क्रुज र एसि भाको गाडि मात्रै चढियो। नेपालमा झुन्डि झुन्डि चढेको मिनिबस चटक्कै बिर्सियो।। नचाहिने भएनि फेसनेवल लुगाहरु छानि छानि थुपारियो। नेपालमा एउटा जुत्ता किन्न भाको किचकिच सम्झी खुब हाँसियो।। अम्रिकामा आएर नेपालको रइसको जिन्दगी बिताइयो। बाइक किन्न गारो भाथ्यो ऐले स्पोर्टस् कार चढीयो।। उता गर्मीमा पसिना काट्दै अनि जाडोमा काम्दै सुतियो। एता त चौबिसै घन्टा घरमा अनि गाडिमा एसि चलाइयो।। तर पनि सपनामा सँधै नेपालको याद झल्झली आइरह्यो। एकान्तमा बस्दा डाँडाकाँडा र हिमालको झल्कोले सताइरह्यो।। नेपाल सम्झँदा मन कटक्क हुँदा नेपाल सम्झनै छाडियो। अनि यो धागोले त मनमा पुराना यादहरुको बाढी नै लेरायो।। --------------------------------------------------------------------- Yes I'll definitely go back to Nepal both to visit(or stay) and to invest... after I save something to invest there...
Read Full Discussion Thread for this article