Posted by: Gautam B. January 9, 2006
Login in to Rate this Post:
0
?
बिर्खे जिम्मालको दामी जाँदैछ। निकै भावुक र मार्मिक छन्।अरु पनि जाओस्।
सुरेन्द्रजीले पनि सुन्दर गाऊँ थप्नु भएकोमा धन्यवाद।
सुरेन्द्रजी, कविता छापिदिने तत्परताका लागि लागि धन्यवाद। अबश्य पनि पठाऊँछु चाँडैनै।
*****************************************************
मेरो तर्फबाट आज यो एउटा सानो गाऊँ, जहाँ म विपनामा एक पटक र सपनामा धेरै पटक पुगेको छु।
यो उद्यान
(सिद्धेश्वर महादेव)
एउटा छ्याङ्ग उघ्रेको आँगन-आकाशतिर
धर्तीमाता ब्यस्त छिन जहाँ कूचो लगाऊँदै
आफ्नो निश्वासले हरपल,
टाढा टाढाबाट-
प्रियजनको आशिषझैँ आएको मधूर बतास
मेरो मुटुसम्मै पुग्छ
र अचानक आफ्नै लाग्छन् मलाई
यो गोधूलीमा घर फर्किरहेका
सबै गोठालाहरु,
नजिकैबाट आऊँछ भजनको स्वर-
एउटा उत्ताल तरंग ऊठिदिन्छ पोखरीको पानीमा
लहर उक्लन्छ यो आँगनमा
र फैलन्छ पृथ्वीभरि
(अनि म आफू स्वर्गमा भएकोमा गर्व गर्छु!)
यो सुनौलो साँझमा सिद्घेश्वरको यो उद्यान-
सपनाहरु भरेर
कोमल हातहरुले बनेको बुट्टे रुमाल जस्तो छ
जहाँ मेरा भावनाहरु पूर्णाकार हुन्छन् ।