Posted by: Ocean January 9, 2006
Login in to Rate this Post:
0
?
ए दम्तरीहुर,
फेरी भउते र नमेओ कुरो सुनेसी मलै त क्यारम क्यारम भ ! दादाले घराँ तेत्रो ठूलो थाली हुँदाहूदै त आँखा
झिमिक्क अर्न नपाम्दै तो मोरो स्यानो प्यालीयाँ उम्लो डोवेचन् भने, इस्कुलाँ सँअइ पडिम हामी भन्नी अनि
त्याँसी रातभोऽऽऽरी सँअइ पड्तीम् पनि भन्नी, म सँ फेरी हाम्रो क्यै उठबस भ’छैन भन्नी, क्यारी पत्याम्नी
हो र ? खोइ क्याओ क्याओ !?
अब भउतेओ कुरो मान्नी हो भने त चौतारा’ मुन्तिरका बार’ट यो मोरो नमेले सपैकुरो देखेर मोर्यो र’च !
सुनाखरीयो कुरो अर्दा नमेले त त्यसको अनार भन्दानी त्यै ओडार सम्जिन्च होला । भोलि मैले घराँ तेल्लाइ
हुलेनी नमेओ मनले त झल्झली त्यै देख्नीहोला !
भौतेनी त्यो सँ मेरो कुरो अर्दा खासै खुशी देखिइन भन्चन् । मन त यीनको नी तेतै ग’रच । केटाऽटी देखुन्टै
सँअइ पडेका भ’सी मया पिरिम बसेकै र’च जस्तो माने ! सपैकुरो बिर्सेर आँटम भने नि टिकोटालो अरेर
लगनका दिन नआउदै यी दुइटै घर छोडेर भाग्नी हुन् र आर्को बिजेत हुनि हो कि !
हे भौवान, म त कस्ता बिलखबन्दाँ परेँ लौ ! “अबाकी हउन बसो तिन बित्ताऽऽ ठोसो पसो” भन्यास्तो पो भो मलै त !
लाले र बिर्खे माइल्दाइ सँ नि एउफेर मतो बुझ्न पर्ला, अनि त्याँसी था हुन्च ।
मनमा थियो झ्यालैमा बसनी
कर्म रच खरानी घसनी
जिरा मरिच
मलै पर्नु पिर कल्लाइ परिच
कर्म मेरो छेउलाउदै ग'को छ
शत्तुरले भनेझैँ भ'को छ
जिरा मरिच
मलै पर्नु पिर कल्लाइ परिच ।
लु अबो सपैसँ भोलि भेटम्ला !
:)