Posted by: kick January 8, 2006
Login in to Rate this Post:
0
?
बजाराँ पुगेसि ट्रंकल अर्नि ठाममा गइम्। मैले पखराँ सुनाखरी र उस्को दाई डेरा अरेर बसेओ घरओ फोन लाउन भने तेइँकी आइमाईलाई। सुनाखरीओ दाई र सुनाखरीलाई फोनओ छेउआँ आएर बस्नु, १० मिनेटाँ फेरी फोन अर्चन रे काकाले कुस्माट भनेर खबर छोँडे। त्याँसी पैले दाईसंग कुराकानी भओ मेरो। मैले मुन्द्रेआ कुरा सुनाएँ। केटो ज्याद्रै जो राम्रो छ, घरबार नि राम्रो। यानतान अनेक सुनाएँ। पैले त 'भउतेआ कुरा के भओ तो?' भनेर सोध्दैथे। मैले ''सुनाखरी नानी चैं तो भउते भन्दा हाम्रो समुन्द्र बाबु संग जो ज्याद्रै स्वाउँचिन जस्तो लाओ'' यताउति भनेर टाकटुक मिलाएँ। मैले भनेसि नहुनि त कुरै थेन। दाइले 'हुन्च' भने। सुनाखरीसंग नि उत्तिखेरै जो सल्ला गरे के रे उनले। हुन्च भनेर उनले नि मन्टो (टाउको) हल्लाइन रे। त्याँसी एउछिन मुन्द्रेलाई जो सुनाखरीसंग फोनाँ कुरो अराउनी सल्ला भओ। केटो त पैला ज्याद्रै जो आत्तियो, तर पछि हुन्छ भनो। केटोले सुनाखरीसंग कुरो अर्दा लाज मान्ला कि भनेर म अलि पर तिर गएँ।
कुराकानी राम्ररी मिलाएर साँझतिर बल्ल गामतिर आइपुगिम्। बाटाँ मैले सुनाखरीसंग के कुरा अरिस् तो भनेर सोधेँ। केटोले यताउति भनेर टारो। मसंग अलि लाज माने जस्तो लाओ। तेसैले धेरै कोट्याइन्। चौपाराका उस्का दम्तरीहुरलाई त पक्कै सुनाउनि जो होला के रे तेल्ले।