Posted by: gaalab January 8, 2006
"Mit-Mitini" Tradition
Login in to Rate this Post:     0       ?        
सबैले आ-आफ्ना मीतेरीका अनुभवका कुरा गरे, म चाहिं यो प्रथाको ऐतिहासिक बिषयमा कुरा गरम् केरे। मेरो पनि अरुहरुले एउटा दमाइ केटासँग मित बोलाइदिएका थिए। त्यो बेला लाज लगाएर मित लगाइएन। मैले सुनेसम्म, हाम्रो नेपालमा उहिले (सायद अहिले पनि समय सापेक्ष्य हुँदैन भन्न चाहिं सकिंदैन) बाल मृत्यु बढी थियो। मानिसहरु काम गर्न भोट, मधेस जान्थे। पढाइको निम्ति गुरु आश्रम जान्थे। सार संक्षेपमा भन्नु पर्दा मानिसहरु घरमा धेरै बस्न पाउँदैनथे। त्यसो हुनाले घरमा हुने बा-आमाहरुलाई न्याँश्रो लाग्ने, दु:ख पर्दा भरोसा नहुने, धार्मिक उत्सवहरुमा छोरा-छोरीले गर्ने कर्म गर्ने मान्छे नहुँदा काम हल्ट हुने आदि सामाजिक पृष्टभूमिमा यो मीत प्रथा शुरु भएको हो कि जस्तो लाग्छ। सायद त्यसैले होला सकेसम्म अनुहार, उमेर मिल्नेको बिचमा मीत लगाउने चलन छ। हाम्रो नेपालको अदालतमा सबभन्दा कम मुद्दा परेका नातेदार-साइनो २ वटा छन् अरे - सानीमा-ठुलिमाका छोराछोरी र मीत । परार नेपाल जाँदा एउटा बुढाले भन्याथे। हुन पनि यसमा अलिकति बास्तविकता छ जस्तो लाग्छ मलाई। र, मीतले मीतलाई धोका दिएको चाहिं मैले अहिलेसम्म सुनेको छैन। भन्दा भन्दै एउटा उखानको याद आयो - 'सुखको सालो, दु:खको मीत' । र मलाई यो धेरै हदसम्म यो कुरा सत्य लाग्छ। हाम्रो धर्मग्रन्थ नियाल्ने हो भने हाम्रो संस्कृतिमा यो प्रथाको गहिरो छाप देखिन्छ। स्वस्थानीको कथा नसुन्ने त हामी यहाँ बिरलै हौंला। यस ग्रन्थमा पनि भनिएको छ - "---- छोरालाई दिनू, छोरा नभए मीत छोरालाई दिनू, मीत छोरा पनि नभए नदीमा लगी बगाइदिनू---"। यसबारे त केही टिप्पणी गर्नु परोइन। मीत भनेको आफ्नै अर्को अङ्ग सरहको तुलना समाजले गरेको छ। र, रामायणमा पनि रामले सुग्रीवसँग मीत लगाएको कुरा उल्लेख गरिएको छ। र, यो चलन त्रेतायुगमा पनि चलेको रहेछ भन्ने कुरा थाहा हुन्छ (यदि रामायणलाई पछि नबङ्ग्याइएको भए)। nice topic...
Read Full Discussion Thread for this article