Posted by: Birkhe_Maila January 8, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
एउटा अर्को :) साथ - उजाड पतझड्हरु, विरानो बसन्तहरु शायद अब बिलाए! किनकी, म देख्छु तिम्रो रुपको हरियाली तिम्रो यौवनको आमन्त्रण! कहिल्यै नटुङ्गेको कुराहरु, कहिल्यै नपुगेको आशाहरु शायद अब हराए किनकी, म पाउँछु धड्कनमा तिम्रो सास रगतमा तिम्रो बहाव! चिसा चिसा रात हरु, एक्लो बिहानीहरु शायद अब ओइलाए किनकी, म भोग्छु तिम्रो मधुर आलींगन सामिप्यताको त्यो चुम्वन! निराधार यात्राहरु उराठ मनका खलबलहरु शायद अब सकिए किनकी, म सुन्छु चुराको खनखन् हरु भविश्यको गन्थनहरु! एक्लो वर्तमानहरु कालो भविश्यहरु शायद अब सेलाए किनकी, म हेर्छु अनुरागको नजरहरु साथको असरहरु!
Read Full Discussion Thread for this article