Posted by: Birkhe_Maila January 6, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
मेरो गाऊँ - मेरो गाऊँ बदलियो रे कोइलीले वन छाडिन् रे डाँफे र मूनाल बसाइँ सरे रे अहिले त, जताततै गिद्ध उड्छन् रे दिदी बहिनी र आमाहरुलाई लुच्छन् रे अहिले त, ब्वाँसाहरु हुंकार भर्छन् रे दाजू भाइ र बुबाहरुको शिकार गर्छन् रे अहो! मेरो गाऊँ बदलियो रे!! सारङ्गीको तार छिन्यो रे रोदन र शोक गित बन्यो रे मुरली र मादल फुटे रे क्रन्दन र पिडा लय बन्यो रे अहिले त, बन्दुकको बाजा बज्छ रे बुटको इशारा चल्छ रे अहिले त, लाशको भोज हुन्छ रे रगतको रक्सी बन्छ रे हरे! मेरो गाऊँ बदलियो रे!! रोदि घर पनि सुनसान छ रे अहिले त, गोलीको रोदि चल्छ रे मृत्युको दोहोरी जम्छ रे अहिले त, बलत्कारको तांडव हुन्छ रे हत्याको नाच रम्छ रे उफ! मेरो गाउँ बदलियो रे!! वनबाट हृदयहिन वनमान्छे निस्के रे अरुको पनि मुटु फोरे रे महलबाट छोडिएका विवेकहिन शिकारी आए रे गाऊँ कै शिकार गरे रे अहिले त, वनको कानून चल्छ रे शिकारीको पागलपन जिउँछ रे कठै! मेरो गाऊँ बदलियो रे!!
Read Full Discussion Thread for this article