Posted by: Birkhe_Maila January 6, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
****अब तिमीसँग- धेरै धेरै सोध्नु छ अब तिमीलाई- धेरै धेरै भन्नु छ एउटा नटुँगिने कुराकानीको आजै थालनी गर्नु छ धेरै धेरै सोध्नु छ धेरै धेरै भन्नु छ। **** गौतम जी, यस्तो प्रश्न मेरो मनमा पनि धेरै आएका थिये र आउँदैछन् पनि! तेस्रो अनि अरु अनगिन्ती भेट होस तपाइँको मेरो शुभकामना छ!! सुरेन्द्र जी त्यो वेब साइट हेरेँ मलाइ मन पर्यो, अनि कविताहरु पनि पढेँ। अब regular हेर्ने प्रयास गर्छु। :) तल मेरो एउटा भूल सरल वाक्यमा राख्दैछु - भूल - बिस्तारै तिमी मेरो सामु आयौ बिस्तारै मेरो मनमा छायौ एउटा बिहानी उदायो; त्यहाँ आकाश थियो त्यहाँ पानी थियो त्यहाँ जीवन थियो शायद, मेरो स्वपनिल संसार थियो। बिस्तारै फेरी तिमीले गायौ वातावरणमा, तिमि छायौ; त्यहाँ सङ्गीत थियो त्यहाँ राग थियो हराउने एउटा माद थियो शायद, मेरो बेहोशीको खात थियो। बिस्तारै अझै तिमिले छोयौ अनुरागको तरंग छेड्यौ प्रणयको सुबास फुट्यो; त्यहाँ जित थियो त्यहाँ हार थियो जिवनको एउटा उपहार थियो शायद, मेरो बैँशको उन्माद थियो। अनायाश तिमी भार भयौ कर्तव्यविमूढताको आधार भयौ त्यहाँ पश्चाताप थियो त्यहाँ दोश थियो त्यहाँ अपराधबोध थियो शायद, मेरो वर्तमानको कारक थियो।
Read Full Discussion Thread for this article