Posted by: kick January 4, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
त्यस बेला हाम्रा स्कूलका हेड सर अत्यन्तै कडा मिजासका! उनी आउँदा स्कूलका सबै विद्यार्थी आतंकित हुन्थे। काउली चोरीको खबर सुनेपछि बुढा कृध्द त हुने नै भए। स्वभावत: काउली चोरहरु पक्कै पनि बिद्यार्थीहरु मध्ये बाटै हुनुपर्छ भन्ने भयो। त्यसपछि हेडसरले एउटा सूचना जारि गरे, जुन हरेक कक्षामा लगेर पढेर सुनाइयो। त्यसमा काउली चोरहरुले तुरुन्त हेड सरकोमा गएर आत्मसमर्पण गर्नु पर्ने, होइन भने दोषीलाई पत्ता लगाएरै छाडिने, कडा भन्दा कडा कारवाही गरिने तथा पुलिसलाई समेत खबर गर्न सकिने त्यस्तै त्यस्तै। साथै यदि अरु कसैले काउली चोरहरुका बारेमा स्कूललाई सूचना दिएमा उसलाई ठ्याक्कै कति हो त बिर्से तर त्यति बेलाको लागि राम्रै रकम इनाम दिने घोषणा गरे। ए मेरी बास्सै, भएन अव मर्नु? हामीहरु थर्कमान भयौं। के बिधि झमेलामा फसियो भनेर निक्कै नै आत्तियौं। ''कसैले देखेका थिए कि?'' भन्ने शंकै शंकाले निकै पिरलो भयो धेरै दिनसम्म। बेकारमा खाइएछ काउली भनेर ठूलो पछुतो भयो। तर हेड सरकोमा गएर आफैले कुरा खोल्ने त प्रश्नै रहेन तै पनि। यस्तो जाबो काउलीले यति ज्याद्रो ठूलो घटनाको रुप लेला भन्ने त सपनामा पनि चिताइएको थिएन्। तर भयो त्यस्तै। जे होस्, भगवानका कृपाले कसैले थाहा पाएका रहेन छन्। कतैबाट पनि हाम्रा विरुध्द उजुरी परेनन्। धेरै दिनको पिरलो र उकुसमुकुस पछि त्यो कुरा आफै सेलाएर गयो। गर्नै नहुनि काम गरिएछ भनेर हामीले पुरा का पुरा चेत्यौं। यो घटना पछि म र मेरो दाई अलिकति भए नि सुध्रियौं कि जस्तो लाग्छ मलाई। विचरा हेड सर! उनका लागि त झनै राम्रो भो चोरहरु फेला नपरेको। कथंकदाचित चोरहरु पक्राउ परेका भए आफ्नै दुई छोरा नै काउली चोर रहेछन् भन्ने थाहा पाउँदा बुढाले के गर्थे होला? अनि विद्यार्थी र गाँउलेहरुले के भन्थे होला??
Read Full Discussion Thread for this article