Posted by: Gautam B. January 4, 2006
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
केहि सान्दर्भिक टुक्राहरु; "शाही भ्रमण" आँखा चिम्लेर कान टालेको बर्दी बस्ती घुमेको। "राजतन्त्र" -१- द्रब्य पिशाच तीन शदी पुरानो सडेको लाश। -२- थुप्रिएको छ थोत्रो गजूरमुनि सहस्र पाप। -३- डल्लिईसक्यो अब बाँकी केवल बर्दीको छाप। "लोकतन्त्र" -१- कुँदिएको छ समयको भित्तामा स्वर्ण अक्षर। -२- स्वाधीन आत्मा गणतन्त्र-किल्लामा नाचेको देख्छु। -३- अन्तिम मौका धार रोजौँ साथी हो, उल्टो कि सुल्टो?