Posted by: Ocean January 3, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
नाङ्गै खुट्टा हिन्नी मुन्छे हाम्रा चौताराँ के को आम्न सक्नी ? गोले सार्की (goldstar)ले सियका जुत्ताला'र आम्दा त काँडा तर्केर हिन्न गारो हुन्च ! आइयाले नी बुडालाइ दुबो त कसरी खाउ भन्नी र ! आलिकिति सातुको ब्यबस्ता अर्नपर्ला नी आइयालेचन् भने । तर के आम्ते ती खै ! लौ तो सिरेकाजी, बोला'र ल्याम्नोस तो एउदिन, चौताराँ बसेर बुडासँ गनतन्तरका कुरा अरम ! ओहोऽऽ दादाको किस्साले त केट्केटीबेलाको सम्जना आओ ! तेतिखेर आँपका बुटामुनी हाफ्छुट्टीयाँ खेल्नी अरेका राता, नीला, पयेँला सपै खाले गुच्चा पनि सम्झेँ मैले त ! घाममा भकुण्डो खेलेर आ'सी तिर्ख लाउनी अनि पानी माउदा पिउनले गोल्बेँडा जत्रा आँखा बनाउनी ! दादा सपै सम्झेँ मैले त आज ब्यान भोरी । अतिराम्रो छ लौ, अरु पनि यस्तै किस्सा कहानी छन् भने चौताराँ आम्दा सुनाम्नुओला ! बिर्खे माइल्दाइले चौताराँ आम्नी दम्तरीलाइ वास्तै अर्न छोड्या झैँ मानिचु मैले ! कि ससुरालितिरा'ट अइलेसँनी आ'का छैनन् र हो ? मयालुले गरिनौ वास्ता चौतारीको छेवैमा म बस्ता ! जिरा मरीच मलै पर्नु पिर कल्लाइ परिच ! तिम्रो मया छ मलै कति भरम् भने नौ मुरी तील जति स्याउली पलाइच, नरोउ निर्मयाँ सुख कल्लाइ छ । लौ आजलाइ यत्ती म झरेँ अब बेँसी तिर । भरे आम्दा एउछिन थकै मार्न पर्ला चौताराँ ।
Read Full Discussion Thread for this article