Posted by: norge January 2, 2006
For football lovers
Login in to Rate this Post:     0       ?        
यस वर्ष हुनलागेको विश्वकप २००६ मा ३२ राष्ट्रहरु छनौटमा परेका छन्। ति सबै राष्ट्रहरुलाई विभिन्न ८ समूहमा विभाजन गरिएको छ,र प्रत्येक समूहमा ४ राष्ट्रहरु छन्। प्रथम चरणका खेलहरु लिगको आधारमा खेलाइने छ र अंकको आधारमा २ सर्वोकृष्ट राष्ट्रहरु दोश्रो चरण(Round of16) मा प्रवेश गर्ने छन् भने वाँकि २ राष्ट्रहरु विश्वकपबाट वाहिरिनेछन्। प्रथम चरणका खेलाइने खेलहरुको मिति,स्थान तथा राष्ट्रहरुको नामावली आयोजकहरुले प्रकाशित गरिसकेका छन्। दोश्रो चरण(Round of 16) अनि त्यस पछिका म्याचहरु(quarter finals,semi finals and finals) को मिति र स्थानको मात्र घोषणा भएको छ तर राष्ट्रहरुको नाम हामीलाई थाहा छैन। कुन समूहबाट कुन राष्ट्रबाट वाहिरिने हो र कुन अर्को चरणमा पुग्ने हो,यसको अनुमान गर्न निकै कठिन छ। मैले विश्वकपमा सहभागी प्राय सबै प्रमुख राष्ट्रहरुको खेलहरु विगत ४ वर्ष देखि नियमित रुपमा केहि प्रत्यक्ष र वाँकि टेलिभिजनमा हेर्दै आएको छू.मैले हेरेका खेलहरु(Euro cup qualifying 2004,Euro cup Portugal 2004,FIFA Confederations Cup Germany 2005,fifa world cup qualifying2006 and friendly matches)को आधारमा, यस प्रतियोगितामा सहभागी टिमहरुको खेलको स्तर,खेलाडिहरुको क्षमता र टिमहरुको रणनितिको आधारमा मैले अनुमानित म्याचहरुको तालिका तयार पारेको छु जुन यसप्ररकारको छ.यसमा स्थान, मिति र राष्ट्रहरुको नाम सवै उल्लेख छ.
Read Full Discussion Thread for this article