Posted by: kick December 31, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
दादाले टाँसेओ मेरो फोटो देखेसि पुराना कुरा सम्झेँ है मैले त! गाममा छँदा ३-४ फेर बल्छी लेर माछा मार्न खोलो तिर गइयो। तर बल्छीआँ माछो चैं दुई चार घंटै कुर्दा नि कैल्यै पार्न सकिएन् गाँठे! लामो निगुलो काटेर तेसैआँ बटउली (Butwal) तिराट ल्याएको मसिनो धागो बेरेर, अनि गाम कै आरने (Blacksmith) केटोले फलाम थिचेर घोटेर बनाको बल्छी (hook) बाँधेर खेल्तिम् हामीहुर कैले कैले। तर बल्छीआँ माछा पार्दाओ मजा चैं यतै खैरोओ देशाँ आएसी अर्न पाइयो। धेरै त हैन, फेर चारेक गइयो माछा मार्न। अव गामआ बल्छीआँ माछा नि कसरी पो परुन खै! न त बल्छी नै गतिलो, तेसैमाथि माछाओ चारो (bait) नि के न के को! हामीहुर तेइ खोलाओ तिरआँ भाका ढुंगा पल्टाउँदा जे जस्ता कीरा भेटिन्चन् तेसैलाई बल्छीआँ उन्तिम्। माछाले यी कीरा खानि हुन कि हैनन् भगुमानै (भगवान) जानुन्। अव माछालाई रहर लाग्नी, हेर्दै खाँउखाँउ लाग्नी चारो भए पो त तेहि खान आँउदा तिनको थुतुनो बल्झिनि हो। हाम्ले लोभ्याउन राख्नि जे पायो तेइ गड्याउला सड्याउला खान माछा के आँउते? खैरेआ जाति चैं तिनले अर्नि जति कुरा सप्पैआँ जातिविति बाठा हुन गाँठे। बल्छी खेल्न जानि भनेसि जानि भनेओ तलाउ वा खोलाआँ के के थरि माछा पाइन्चन्, ति माछाले के रुचाउँचन् सप्पै नालिवेलि पइल्यै थाहा हुनि। कुन माछो समाउन कुन चारो हाल्नी हो सबको ज्ञान हुनि। फेरि बल्छीआ सरसमान नि उत्तिकै गतिला। मैले फस्ट टराइमा जो एउटो झुन्ड्याइहालेँ। यस्तो पो त बल्छी खेलेओ काइदा! तर यी कोइ कोइ खैराओ जातिले अर्नि जुन कुरो छ माछा समाएसि तो चैं ठ्याम्मै जो चित्त बुझेन है मलाई! समातेको माछोलाई चुप्प म्वाई खाएर फेरी पानी मै फुत्त जो छोड्नी भए समाउनी नै किन हो? बुझि नसक्नु छ है तो चैं!
Read Full Discussion Thread for this article