Posted by: kick December 30, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
लौ हेर्, यो भउते त ज्याद्रै जो बाठो हुन पो खोज्नी रैच ए गाँठे! ‘मेरा बाजेले घीऊ खा थे, मेरा हात सुङ् सुङ्’ भने झैँ दुइटै केटी पो ल्याउचु भन्दो रैच्। तेरा हजूरबाले मुलुकी ऐन ननिस्किदै माैकाँ चौका हानेआ होलान्। अव तेरा पालाँ त काँ तेसो अर्न पाइन्च? लौ तुरुन्तै खबर गर्, हैन भनि समुन्द्रे केटो डाँगो झैं ढुकेर बसेओ छ सुनाखरीलाई उछिट्याउन्। मलाई जो अप्ठेराँ पार्लास्।
Read Full Discussion Thread for this article