Posted by: Bhaute December 29, 2005
Login in to Rate this Post:
0
?
:-)
ठ्याक्कै मेरो कहानी भनिदिनुभो सिरेले त।
अब अलेली त्यो पाङ्रा हालेको जुत्ता ला'र गुड्नी अरेको के रे, यो जाबो चिप्लेटी त के हो र
भनेर चम्किदै डाडाँ चढेँ के रे म पनि। अब सँगै जाने सईँहुरलाई पनि अलेली फूर्ति देखाउन
परो भनेर भित्र डराए पनि बाहिर चैँ क्यै नभाको जस्तो अरेको नि।माथि ग'र यसो भाटामा
टेक्छु त हुतुतुतु हुईँकि हाल्यो के रे, एउटा लठ्ठी त समाउनै भ्याइन मैले त, डाँडामै छुट्यो।
हुईँकिन थालेपछि त बाबै-आमै भन्नी फुर्सत नि नहुनि रे'छ के रे। लौ अब यो बारको जुनि
यत्तिकै भो, उता काका र सिरे केटी खोज्न गा'का छन् फेरि, यो जुनिआँ तलाई नलेखेको त
होला नि भउते रसस्वादन अर्न भनेर सोच्दै थिएँ। फेरि चौतारियाँ सईँहुर सँग बिदाबादी भ'र
हिडेको के रे, कतै खाल्डै तिर जाक्किएर हराए पनि फेरि भउते हरायो भनेर चौतारिआँ उधुम
मच्चाउलान, खोज्न आए भने क्यै नभेटे पनि हड्डीका टुक्रा टुक्री त भेट्लान नि भनेर सोचेँ।
एउछिन पछि त अति नै भो के रे, यसै सकिनु उसै सकिनु, एउफेर किन टराइ नमार्ने त भनेर
ज्यान स्यान छाडिदिएँ। त्याँ सि त उधोमुन्टिदै १२-१५ भल्डयाङ खेले के रे। अनि कुन्नि को
सँ ठोक्किएको सम्म चाल पाएँ। होस आउदा त खुट्टा'ट भाटा साटा फुत्केर ४०-५० हात पर
पुगेछ के रे। एउटो लठ्ठी चैँ हातैमा माछा झुन्ड्या जस्तो झुन्डिरा'रेछ।
एउछिन त अस्ति शेखर भाइको नाममा लेखेको शिलोक मेरै नाममा टाँसिन्छ कि भनेर पीर
पर्यो नि।
अनि त्यो लट्टे भन्ने हाम्रा गाममा मात्र रे'छ कि के हो? पन्र पुषाँ अनदीको चामल घिउ र
खुदोमा पकाएर खान्छन के रे हाम्रा गाममा त। कसैले लट्टे, कसैले चाम्रे, कसैले चिच्चर पनि
भन्छन, खोइ त्यति सारो कसैले थाह नपाको न नहुनु पर्ने। अब थाइल्यान्ड तिर त्यसैलाई
बिकासे भाषामा "स्टिकी राइस" भन्दा रे'छन्। दादाका गाम तिर त त्यो हात सात फोहोरो
हुनि भ'र हो कि, चम्चा काँटा किन्न नसकेर हो, छेस्काले खानु पर्ने भा'को ले भात पनि
चिच्चर जस्तै हुँदो रे'छ। नत्र त त्यो छेस्काले २टा सिता पनि नआउनी, दिनभरी खाए पनि
गोजेरो नभरिनि।
मैले त हातैले दन्काइद्याथेँ। लाटाहरु केरा हेर्या जस्तो हेर्दैथिए।
:-)
-भउते