Posted by: shree5 December 28, 2005
Login in to Rate this Post:
0
?
ल है सईँहुरलाई मेरो पनि नमस्ते छ है ।
हाम्रा त साहेपहुरको चईनी खेतिपाती भनेकै मुख्य त कुवा खनेर चईनी किरसीनी तेल (kerosene <-> petroleum)
बेच्नी हो केरे। यो सालाँ चईनी किरसिनी तेलको भाउ बिपत्तै बढेछ र साहेपहुरकाँ त चईनी चिताम्दै नचिताएको पैसा
आएछ केरे ।
अब क्यार्नी तो अर्घेलो पैसा भनेसि अरु साँचेर राख्नी, पछि बाटो खन्नी, कुलो बनाम्नी, स्कूल चईनी हुलाक, अस्ताल
बनाम्नी । एक-आठा जति चईनी यही साहेपहुरको दसैँमा चईनी नये साल लाग्नी बेलाँ रमझम अर्नी । अब तन्नेरीहुरले
रउसी खानी, चईनी बाल-बच्चा र बुढापाकाहुरले तागतिलो गोरस - सोरस खोजेर खानी भनेर जन्मेदेखुन् नमरेसम्मकालाई
दामासाहीले बाँढ्दा चईनी चार सौ डल्लर आम्दो र'च केरे जनही । अब हामी त रउसी खानी टोलीमा जो परेम् केरे ।
हुन त नेपे दाजीले सम्जाम्दै थे, "तो साहेपहुरको पैसाले चईनी फुपैको सराद्धे नगर भनेर, जोगाड अरेर राख। भोलि
पर्सि चईनी नुन-तेल जो अर्न पुग्च केरे नि दु:ख परेका बेलाँ " भन्दै । मैले त फुपै मत्रै हो र, फुपैकी अपुताली परेकी
सैना चईनी मीतिनी को धरी सराद्धे अर्देँ, लौ जा । अब नयेँ साल नलागे सम्मन त यी तेल खन्नीहुरका गामघर तिर त
ढ्याम्मै दैलो ठोकेर घरभित्र जो बस्नी हैचन् केरे, बिदै-बिदा छ, चईनी छुट्टी का छुट्टी ।