Posted by: Birkhe_Maila December 24, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
तिमी - म तिमीमा हराएँ, मैले के विराएँ? शायद म, तिमीलाई मन पराउँछु। शायद म, कुमारी युवतीको ओठ बाट फुस्केको मोहक लजालु मुस्कानको पवित्रतामा हराउँछु । शायद म, उत्सुक, चंचले बालकको चम्किला आँखाको निर्दोषतामा डुब्छु। शायद म, पहिलो वर्षात्को पानी संगै आउने, पृथ्वीको प्राकृतिक सुगन्धमा बिलाउँछु। शायद म, म असारे फाँटको नयाँ हरियाली अनि, भर्खर फक्रेको गुलाफको सुन्दरतामा बाँच्छु। शायद म, तिमीलाई मन पराउँछु त्यसैले, म तिमीमा हराएँ, मैले के विराएँ? Happy Holiday everyone!!! :)
Read Full Discussion Thread for this article