Posted by: Ocean December 22, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
बिर्खे माइल्दाइ चाइन्जो बैँस छउन्जेल दिन पनि नभन्नी रात पनि नभन्नी, माथ्लो ग'रो र तल्लो ग'रो हाम्फाल्दै हिन्नी, ट्याम पाओकी त्यो के जाति फुरबल खेल्नपर्नी, अब आ'र था पाउनी त्यसको नतिजा ! अहिले गोडो दुख्च, आल्ली पछी दिशाबस्न नी गारो पर्च ! दुख पाइस् मँगले आफ्नै ढँगले ! बेलाँ सोच्न पर्दैन ! ‌ए भउते ! पुलिस्नि नखोज्नि अरे ? लौ लौ !.... पुलिस बाउकि छोरी हुनी कि नहुनी नि ? बिर्खे माइल्दाइका ससुरालीकै आडाँ ती खान्दानि पुड्के हल्दारकी कान्छी छोरी असाध्यै राम्री नि पढेलेखेकी नि छ गाँठे ! माईल्दाइले भनेसी फरकै पर्दैन, यसोऽऽऽ कुरो अर न ! बिर्खेमाल्दाइ नहिन्दै ......हिडिसके कि क्या हो ...... पखरा त म नि जान थ्यो, आल्लि पछी खेति थन्क्या'र भ्यासी जानपर्ला !
Read Full Discussion Thread for this article