Posted by: shree5 December 21, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
कुरो के भा को भनि नि तो दिन काका र म तेही नाउडाँडा मा जो सुतेम केरे । अब दुईटै जो अप्ठेरा अप्ठेरा मुन्छे हिँडेको त गाह्रै जो हुँदो रैच के । काका भने चईनी आर्काले पकाएको नखानी, चईनी जुता लाएर पुनि केही नखानी केरे । धन्न नाउडाँडामा एउटी चिनेकी होटेल्नी दिदी थिईन् र । ती दिदि फेरि पहिले कुन चईनी हो मटर चलाम्नी डाईबर सित पोईला आकि केरे, काकाले "बात लागेकी आईमाईले छोएको त झन् पानी पुनि खान्न" भन्दै हुनुहुन्थ्यो। धन्न फकाम्दा फकाम्दा, "पानी त जहाँको पुनि उही हो केरे नि, चईनी आँधी खोलाको पानी को को ले छोए को को ले, मरेका डिँगा त बगेका छन्, तो पानी अघि खानु भओ, अब यो चोखो चईनी कल धाराको पानी क्यार्न हो नि खान नहुनी" भनेर भनेसि लास्टाँ मान्नु भओ है । फेरि तिहुन-तरकारी त चईनी अरुले पकाको पुनि खान्चन है काकाले । त्याँसी राति मैले त मजाले दाल-भात खाएँ केरे, घिरम्लाको तिहुन र मुलाको खाँदेको अचार त जाद्रै जो मीठो थियो । काकालाई भने होटेल्नी दिदीले गोठमा कुँडो पकाम्नी ठाममा चईनी दाउरा साउरा लगेर आगो फुकेर तार गरिदिईन् र एउटा भड्डु (कसौँडी) बसालिदिईन् केरे । त्याँसी काकाले पुनि भात पकाएर तेही घिरम्लाको तिहुन सित खानु भओ धन्न बेसरी जो । भोलिपल्ट बिहानै मटराँ चढ्नी भनेर मैले तेतै बजारतिरा'ट काकालाई येसो केही फालफूल चईनी केरा, स्याउदाना पुनि किनेर एउटा पानीकागतको झोलाँ राखेँ है । बिहान सबेरै बस लागो केरे पखरा जानी तिर फर्केर । बसमा चर्नै लागेका थिएम्, ठ्याक्क चईनी फोक्सिङे चुरामुनि (चुडामडि ‍= यामकला का बा ) एउटा सानो त्यस्तै १० बर्ष जतिको बच्चालाई डो-याम्दै आएका तेतै तिर जो । हतपत म माथि गएर झोला राखेर बसको सिट रिजाप (reserve) अरेर फेरि तल झरेँ । चुरामुनिले लेराको त उनको नाति, चईनी चिन्तामुनिको छोरा हैछ केरे, यामकलाको भदाहा । "अब गोताएँ जवैँ र यामकला छोरी चईनी पखरातिरै बस्नी कुरो पारमेन्टी (permanent) जो भओ केरे, यो नातिलाई पनि तेतै पखरातिरै जो पढाम्नै परो भनेर छोरी जवैँको घराँ पखरा लान लाको के, अब १० बर्षको भओ, चईनी पाँच किलासाँ भरना अर्नी भनेर के सहराँ " भने बुढाले । काकाले त्याँसी, "ये हामी पुनि तेतै जान लाको हो, मेरा गोडा अलि बिसेक भएनन् र अस्ताल (hospital) मा जँचाम्न जान लाको । खास त हामी पुनि गोताएँका घराँ जो पाहुन लाम्न जान लाको, भनेसि त हुलै जो भईनी भओ केरे " भने ।
Read Full Discussion Thread for this article