Posted by: gwajyo December 19, 2005
India hating
Login in to Rate this Post:     0       ?        
... कथा यहीँ सकिँदैन । विरामीको लास परिवारलाई दिनुसट्टा नर्सिङहोमले पुलिस थानामा खबर गर्छ । किनभने उनीहरूको दृष्टिमा यो 'पुलिस केस' थियो । तर्क- खाटबाट विरामी आफैँ लडेको थियो कि कसैद्वारा लडाइएको थियो - उसो भए के मामिलाको तहकिकात, मुचुल्का र र्सजमिन हुन्छ त - होइन, लासको 'पोस्टमर्टर्ेे गरिनर्ुपर्छ । पुलिसले लास एम्बुलेन्समा बागडोगरास्थित मेडिकल कलेजको मर्ुदाघरमा लिएर जान्छ । बाटामा पुलिसहरू मृतकका परिवारसित मोलभाउ गर्छन् । यति हजार रुपैयाँ दिएमा 'पोस्टमर्टर्ेे गरिरहनुपर्दैन लास यहीँबाट लिएर जान सक्छौ । रातको समय, न त भने जति साथमा पैसा छ । त्यसबेला लास लिएर जाने पनि कहाँ - आखिर लास मेडिकल कलेजको मर्ुदाघरमा एक रात बस्छ । भोलिपल्ट 'पोस्टमर्टर्ेे गराउन पनि त्यति सजिलो हुँदैन । मर्ुदाघरका प्रत्येक कर्मचारी हजारौँ रुपैयाँको माग राख्छन्- डाक्टर बोलाउनलाई, लास चिरफार गर्नलाई र अरू व्यवस्था मिलाउनलाई अर्थात् आफ्नो जिम्माको काम गर्नलाई । पुलिस मूकदर्शक बन्छ । बरु उनीहरूले माग गरेको रकम दिनर्ुपर्छ भन्छ । निरुपाय, मृतकको परिवार मागेजति रकम तिर्न बाध्य हुन्छ । अरू काम सकिएपछि पनि चलानीपत्र बनाउने र्क्लर्क फेरि छुट्टै भेटी माग्छ । अनि सबै कुरा मिलाइदिएकोमा पुलिस आफ्नो भाग माग्छ । लासमाथि यत्रो व्यापार ! http://www.nepalitimes.com/hkp/2062/poush-1-15/ritubichar.html
Read Full Discussion Thread for this article