Posted by: Guruba December 17, 2005
Ignore them!
Login in to Rate this Post:     0       ?        
अब ग्याने भाग्यो भने त्यो मोरो बाबे र पर्‌चन्डे ले पाउँचन् करे नेपालको लगाम । ती पर्‌चन्नेले गाउँमा पहिला पुलीसखाना जलाए, तेसमा मेरो भन्नु केइ छइन ।तेसपछि बैंक जलाए, तेसमा पनि मेरो केइ सरोकार रहेन किन कि म सँग तेहाँ राख्ने पइसा थिएन, मेरो लागि त्यो बेकार थियो। तेसपछि इस्‌कुलको अफिस जलाए, केहि दु:ख लाग्यो तर बाँकी इस्‌कुलको भवन त ठीकै छ नि भनेर चित्त बुझाएँ।तेसपछि केही किताप जलाए, भाइबहिनी खुशी भए, अब पढ्न नपर्ने भो भनेर, तर के हुन्थ्यो र, किताप बिना को जनवादी शिक्शा (लेख्न आएन) घोक्न लगाए, र पराक्ठीकल भन्दै बन्दूक बोकाएर जंगलाँ लगे । गाउँमा बुढाअरु कुरा'र् चन् , अब ती भाइबइना लाइ एकैचोटी सिञाँदरबाराँ पुराउनी अरे, काठ्मान्नुका धनी मान्छेको पइसा गाउका गरीबलाइ बाँड्न। हाम्रो कान्छोले कसरी 'कन्भिन्स' अर्निओ, कुन्नि काठ्मान्नुका मान्छेलाइ तिम्रो पइसा गरिपलाइ बाँड भनेर? तो बाबेले गर्दा हाँर् कान्छोले तेस्तो दु:ख पा'छ। अब गिर्जाउ पनि तेइ पर‌चन्नेको आर्मीमा भर्ति भए अरे। आफ्नो त पाटि सा'टि केइ छैन, सँधै पल्लारि भन्डारी ले भनेको चिनोमा छाप हानेको। बिचरा भन्डारी, नदीपार् का बाउन'रुले 'हाम्रो पर्‌चन्‌नपथ मान' भन्दा केइ नबोलेको हुनाले बन्चराको पासोले खुट्टा भाँचिएसि भेट पनि भा'छैन।अस्तालाँ छन केरे उनि त। हामी राजावादी हो कि के वादी हो भनेर पनि सोध्न भ्या छैन ।
Read Full Discussion Thread for this article