Posted by: Gautam B. December 16, 2005
Ignore them!
Login in to Rate this Post:     0       ?        
अनुमान त मैले त्यहि गरेको हो, तर यो अनौठो काल बेलामा श्री ५ ले अरु नै केहि पनि भन्न आँटेको हो कि भनेर क्या! जहाँसम्म राजा र गिरिजा-माकुने लाई उत्तिकै मन नपराउने कुरा छ; मैले यसरी हेर्छु। राजाको शाशनले मलाई जति पेलेपनि मैले ऐया भन्ने अधिकार मेरो छैन, तर गिरिजा-माकुनेको शाशनमा कम्तिमा मलाई परेको अन्यायको बिरुध्द आवाज उठाउने र संगठित हुने स्वतन्त्रताचाहिँ मलाई हुन्छ। मेरो रोजाई यहि एउटा साधारण सोचले मात्रै हो। भ्रष्ट र अवसरवादी नेताको पछि लागेको हैन। मलाई के लाग्छ भने धेरै कमजोरीहरुका वावजूद पनि नेपाली प्रजातन्त्र मकरतन्त्रभन्दा सय गुना बढी ठिक थियो र आफूलाई परिमार्जन गरिरहेको थियो।
Read Full Discussion Thread for this article