Posted by: Gautam B. December 16, 2005
Login in to Rate this Post:
0
?
पहिला पहिला स्वस्थानीको कत्रो महत्व थियो! (हाम्रा हजुरबाको ब्या' गर्ने बेलाँ 'केटाले स्वस्थानी खर्रै पढ्छ।' भने पछि केटी दिनेको ओइरो लागेको थियो रे क्या !)
केटाकेटीमा अगेनाको वरिपरी बसेर स्वस्थानी सुन्नुको मजै आर्कै थियो। त्यो शुरुको "यं ब्रह्मा बरुणेन्द्र रुद्र.........." र अन्तिमको " उपनयतु मंगलं बत सकल जगत......." घोक्ने होडबाजीनै
चल्थ्यो हाम्रो।
स्वस्थानीका कथाले दिने शन्देशहरु केहि त असाध्यै प्रतिकृयावादी छन् र सामन्ती भाग्यवादी समाजको वकालत गर्ने खालका छन्। तर स्वस्थानी वाचन र श्रवणका दुई अत्यन्त महत्वपूर्ण उपलब्धि (कम्तिमा मेरा लागि) देखेको छु मैले। पहिलो, पारिवारिक एकतालाई दह्रो बनाउन सघाउछन् स्वस्थानीका नियमित जमघटले; दोश्रो बच्चाहरुको कल्पनाशीलता बढ्छ यस्ता कथा सुन्नाले। मेरो विचारमा स्वस्थानी वाचनको परम्परागत शैलीजति प्रभावकारी माध्यम अरु
शायदै होला बच्चाको कल्पनाशीलता बढाउन।
तर दु:खको कुरो, नेपालमा जहाँ जहाँ टि. भि. को ठाँडो पुगेको छ, त्यहाँ स्वस्थानी मान्छेहरुको मानसपटलबाट द्रुत गतिमा हराऊँदैछ। आजभोलिका केटाकेटीहरुलाई शायदै थाहा होला स्वस्थानीको बारेमा। विदेशीहरु बच्चालाई कथा सुनाऊँदै सुताउँछन्, हामी नेपालीले भने आफ्नो भएको चलन पनि छोडिसक्यौँ। कथा वाचन र श्रवणको चलनचैँ कायमै राख्नुपर्छ, स्वस्थानीनै हुनुपर्छ भन्ने छैन।
***********************************************************************
दादाको यो धागोको कुरो, पहिलोचोटि आजै देखेँ। आफू साझामा अलि ढिलो छिरिएछ। रमाइलो लाग्यो पढ्दा। अरु पनि जाओस्, कुदोस्।