Posted by: shree5 December 15, 2005
Login in to Rate this Post:
0
?
बाफरे, काका र लालेलाई कति आको हो बात मार्न, अस्तिन सम्मन चईनी च्यापुमा हात राखेर हामीले बात मारेको
मात्रै सुन्थे । जे होस्, गोताएँ र बिर्खे पनि उम्लेकै छन्, जाद्रै जो रमाईलो हुन लागो हामी हुरलाई त ।
म पुनि अउसले जो हुम् है, ०५१-०५३ हो कि झै मान्छु केरे, अब साठीफिक्री जो त कति हेर्न जाम र ?
हाम्रा पालाँ एउटा फिजिक्सकी मेडिम हुनुहुन्थ्यो हिन्दी फिलीम "मै हूँ ना" कि केमिस्ट्री पढाम्नी मेडिम जस्तै जो ।
फिजिक्स ल्याबमा हो कि केमिस्ट्री ल्याबमा हो एक जना ध्रुब दाई भन्नी हुनुहुन्थ्यो, बलवान छाप खैनि बाँडीँचुँडी
गरेपछि सप्पै सिकाईदिनु हुन्थ्यो, उहाँले आफै नै पनि गरिदिनु हुन्थ्यो मेसो परे - जाँचमा भनेको, अपुर बेलाँ त को
ल्याबमा जान भ्याउँथ्यो र ?
अरु बेलाँ टिउसिन गयो, टिउसिनाँ "सर" ले कार्बन पेपर छापेर लेख्नी केरे, कहिले
कहिले त लास्टको कार्बनले बल्ल बल्ल निलो निलो रायेपाटे परेको प्रति आफूलाई पर्नी, जाँचको रुटिन
निस्केपछि अनि *जी कसेर जो "पलान" जान पर्च भनेर पढ्न बसो, किताब पनि छैन, कापी पनि छैन, तेही
टिउसिनको चईनी कार्बनले छापेको फुलस्केप कागजाँ पनि साँवा अक्षर केही बुझिना भा त रामाराम ल । बुढेस कालले
छोएसि र पुरानि भएसि त कार्बनले पेपरले छापेको पुनि सप्पै जो मेटिँदो रैच केरे । त्याँसी निमा फोटोकपीको गेस
पेपर र ओल्ड ईज गोल्ड किनो, तेही पढो । धन्न येसो मास्टरहुर पनि आफू जस्तै, अझै सडेगलेका हुँदा रैचन् केरे,
जे होस ८०-८५ नम्बरको त तेही ओल्ड ईज गोल्ड र गेस पेपर बाटै जो पर्नी, त्यसमा फेरि
आफ्नो पनि ७०-७५ नम्बर त आईहाल्नी ।
अनि भुत्राको पलान गईन्थ्यो र, पलान जानी जाँचमा त चईनी केही पनि नपर्नी गेस पेपर र ओल्ड ईज गोल्ड बाट त ।
अब अरु पढम भनो भनि तेही मेटिएको कार्बनले छापेको पाता बाहेक केही जोगाड ग-या भए पो, किताब नि छैन, कापी
नि छैन केरे । त्याँसी शिक्षा मन्त्री र सचिवले आफ्ना मुन्छे पठाए कि घुस खाए भनो, काँग्रेस र कमनिस्टलाई गाली गरो,
आफन्तहुरले सबैले पत्याम्थे धन्न ।
हेऽरि लायेर लास्टाँ पुल्चोकमै जो पलान गईयो । जे होस्, सम्झना रमाईलै छन् अउसलका पुनि । पुल्चोकका त झन धेरै
रमाईला ।
Keep rolling...