Posted by: kick December 15, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
नमेओ घराँ अइले अपुर(अरु) कोइ नभकोले तेसैकोआँ बसियो राती। नेपे दाईलाई नि बोलाइयो। जे भा नि नेपेदाइ गन्निमान्नि मुन्छे हुन्। हामी केटाहुरलाई ज्याद्रो मय गर्चन्। बोन्ठेले काली फुपैकाँट चारोटा बट्टल कोदाको रउसी लेओ। नेपे दाईलाई भनेर एक अम्खरा भातीको चिनी हालेको जाँड नि लेओ। नेपेदाई सुरा लाउनी मुन्छे त हैनन् तर हाम्रा करले जुगाँ एउचोटि सम्म खान्चन्। त्याँसि माछा पोलिओ, रउसि बुत्याँइओ, काइदा भओ गाँठे! तेसैमा दादाले गीत गाम्नि कुरो झिको। दादाले के मीठो गाम्च भनि, के भन्नी? कोइलीले भाखा लाए झैं लाउच। मलाई जातिबिति मन पर्नि यो गीत गाओ तेल्ले। सारै रस परो। मैले नि तेस्को स्वर नविगार्नि गरि बिस्तारै तो संगै गाएँ- मेरो माया कहाँ पुग्यो होला दिनमा आउनी सूर्यलाई थाहा होला माछी काँडैले नजर लाउँदैमा छेक्यो डाँडैले------ गोताएँलाई के चढेच कुन्नि ‘मेरो पालो अव’ भन्च बा। गाउनी केटो त हैन यो। बोन्ठेले ‘ए कोदाको ढींडो, खुस्किस कि के हो?’ भनो। अघि सिरे र गोताएँ एकछिन ‘तुर्काउन’ भनेर बाहिर गाका थे, डुङ्डुङ्ती गनाउँदै फर्केका थे। यत्रो तुर्काउनु, तो सिरेले के जाति ख्वाएर žल्याएच। गोताएँले यस्तो गाओ- डल्ली मगर्नी, डल्ली मगर्नी सटाकसुटुक ‘गर्नि’ हल्ला नगर्नि--- हैत्तेरि, धन्न नेपे दाईले सुनेनन्। सुनेओ भए आज गोताएँका हुर्मत लेउँथे। तेस्तो पनि गाम्नि हो? यो बुढेसकालाँ ब्या गरेसि चढेको रङ्ग (Hormone) ले मुन्छे पात्तिनि रैच। पोहोर सालै ‘काका, म तीस लाएँ’ भनेर भन्तो, वल्ल यो साल ब्या गरो। ‘अब पुगो तँलाई गाम्न’ भनेको मानेन, ‘अज एउटो गाम्चु’ भनेर भनो। यस्तो गाओ मुर्खले, भन्न नी लाज हुनि- माछा मीठो पोलेको माछा मीठो पोलेको *के जस्तो के हुन्त्यो *लेको हो त रैच गाँठे--- यति के भनेको थो तेल्ले, नेपे दाई त कान थुन्दै ‘थुइक्क थुइक्क थुइक्क’ भन्दै उठे। त्याँसि कुर्ले ‘यो संसार नाशिन्च छिट्टै, कलि जुग लाओ, आफू भन्दा ठूलालाई मान्नि जमाना गए’। अज के के हो फलाक्दै थे, बिर्खे र मैले मिलेर दाईलाई सम्जाइम्। जे भानि यो गोताएँ यस्तो गातिछाडा हुँदै हैन। गाई जस्तो मुन्छे हो। आज यो सिरेको सुराआँ लाएर र यो ब्या को रङ्गले नानाभाँति गरो। छेमा दिम दाई भन्दै हात जोरिम। अस्ति लालेले नि के के जाति भनो भनेर नेपे दाईले हुर्मत ले का थे। गोताएँले नि ‘बिराएँ दाई’ भनेर खुट्आँ परो। बुढाले सुनपानीले गोताएँको मुख नचोख्याए सम्म मानेनन्। बल्ल बल्ल फकाइम्, त्याँसि फेरि रमाइलो तिर लाइम्। माछा खाइयो, सुरा लाइयो, उठबस अर्दै नाचियो ब्यान हुञ्जेल। उठबसआँ त मलाई को ले जित्नि? ल है केटा हो, अर्को साल तो भिड्डोआँ (video) फिलिम देखाउनी मानेको जेन्टर (Generator) लेर खोलातिर् लाउनु पर्च है! ---------------------------------------------------------------------------------- (दादा, तो भङ्ली दमिनि म हैन। बरु अर्को धाओबाट था लाओ कि म नि तपाँई र गोताएँको पछि पछि लाएर अस्कल गको रैचु। था पाइर मनै फुरुङ भओ!)
Read Full Discussion Thread for this article