Posted by: rimote December 15, 2005
Nagarkot details
Login in to Rate this Post:     0       ?        
इराकमा बन्धक बनाइएका सबै १२ जना नेपालीलाई मंगलवार इस्लामिक लडाकु समूहले हत्या गरेको दावा गदै हत्या गरिएका नेपालीहरुको फोटोलाई एक इस्लामिक वेब साइटमा जारी गरेकोछ । एक जना बन्धकको शिर क्षेदन गर्दै गरेको भिडियो इमेजः वायांबाट क्रमशः १ र २, काटिएको शिर देखाउर्ंर्दै ३, अन्य मृतकहरु इमेज ४ मा आतंकवादी संगठन द अर्मी अफ अन्सार अल सुन्नाहका सैन्य समितिले वेब साइटमा दिएको सन्देशमा भनेकाछन् - हामीले भगवानको आदेश पालन गर्दै १२ जना नेपालीहरुका हत्या गरेका छौं , जो मुस्लिमसंग लड्न र यहुदी तथा इर्साईहरुको मददको लागि आफ्नो देशबाट यहां आएका थिए । आतंकवादी संगठनद्धारा जारी फोटोमा दर्ुइजना नकाबधारीलाई देखाइएको छ जसमा एक जना बन्धकको शिर छेदन गरेर हावामा हल्लाई रहेको देखाइएको छ भने अर्को फोटोमा अन्य बन्धकहरु घोप्टो जमिनमा पल्टिएको देखाइएको छ र पिंठ््यूमा गोलीका दागहरु देखिएको छ । मृतक नेपाली बन्धकहरु जार्ंडनको कम्पनी अर्न्तर्गत काम गर्न त्यहां पुगेका थिए । ती नेपालीहरुलाई अमेरिकी सुरक्षाकर्मीलाई सहयोग गरेको आरोपमा झण्डै दर्ुइ हप्ता अघि बन्धक बनाइएका थिए । इराकमा हत्या गरिएका १२ जना नेपालीहरु खोटांग, काहुले ४ का ज्ञानेन्द्र श्रेष्ठ, खोटांग, चिसापानी ८ का राजेन्द्रकुमार श्रेष्ठ, धनुषा, हक्लाजिन १ का मनोजकुमार ठाकुर, धनुषा, सखुवा महेन्द्रनगर १ का बुधनकुमार साह सुढी, धनुषा, मानसिंपट्टी १ का सञ्जयकुमार ठाकुर, धनुषा, हरिहरपुर २ का ललनसिंह कोइरी, गोरखा बक्राङ ५ का जीतबहादुर थापा, ललितपुर लेले ८ का रमेश खड्का, धनकुटा, हात्तर्ीखर्क ४ का मंगलबहादुर लिम्बू, रोल्पा, कुरेली १ का छोकबहादुर थापा, झापा तोपगाछी ७ का प्रकाश अधिकारी र लमजुङ, भोटेवडार ५ का बिष्णुहरि थापा ।
Read Full Discussion Thread for this article